प्रधानमन्त्रीले सोधे- सदन प्रतिपक्षको मात्रै भए सत्ता पक्षको के हो ?

प्रधानमन्त्रीले सोधे- सदन प्रतिपक्षको मात्रै भए सत्ता पक्षको के हो ?


  • 3.7K
    SHARES
    • माघ १८, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 5.7K Views

    प्रधानमन्त्रीले सोधे- सदन प्रतिपक्षको मात्रै भए सत्ता पक्षको के हो ?

    काठमाण्डाै‌, १८ माघ । प्रधानमन्त्री केपी शर्मा ‌ओलीले संसद प्रतिपक्षको मात्रै नभइ सबै मिलेर संसद चलाउनुपर्ने बताएका छन्। हिउँदे अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले संसद सरकारको पनि भएको बताए। ‘मैले सुनिरहेको छु संसद प्रतिपक्षको हो’ उनले सोधे ‘उसो भए सत्ता पक्षको के हो त?’ प्रधानमन्त्री ओलीले सरकारले संसदलाई बिजनेस र अजेन्डाहरू दिने र संसदमा सबै मिलेर त्यसको टुङ्गो लगाउने परम्परागत संसदीय अभ्यासअनुसार सदन सत्ता र प्रतिपक्ष दुबैको भएको बताए। ‘सरकारले ल्याउँछ विधेयकहरू, छलफलका विषयहरू ल्याउने अनि सदनलाई बिजनेस दिने काम सरकारको हो’ उनले भने ‘हामी सबैको संसद हो हामी थितिविध अनुसार सरकार चलाउँछौं।’

    images