काठमाण्डाै, १८ माघ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसदले सबै विधेयकहरू पारित हुने विश्वास व्यक्त गरेका छन्। संसदको हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै देउवाले देशलाई आवश्यक कारण अध्याधेश र विधेयकहरू ल्याएको बताए। नेपाली काँग्रेस सरकारको मुख्य साझेदार पनि हो। ‘संसदको हिउँदे अधिवेशनलाई कानुन निर्माण गर्ने अधिवेशनका रुपमा लिइन्छ। संसदमा पहिलादेखि नै धेरै विधेयकहरू छन्। सरकारले नयाँ विधेयकहरू पनि ल्याइरहेको छ’ उनले भने ‘सरकार चलाउन देश चलाउनका लागि सदनले कानुनहरू बनाउने हो। लोकतन्त्रमा विधिको शासन हुन्छ। त्यसका लागि ऐन कानुनहरू बनाउनुपर्ने हुन्छ।त्यसैले मलाई विश्वास छ संसदको यही अधिवेशनले सबै विधेयकहरू पारित गर्नेछ।’ उनले संविधानको कार्यान्वयन र आवश्यक परेका बेला सरकारले विधेयकहरू ल्याएको पनि दाबी गरे।
