सिङ्गो राज्य शक्तिरवि लामिछानेमाथि खनिएको छ : सांसद वाग्ले

सिङ्गो राज्य शक्तिरवि लामिछानेमाथि खनिएको छ : सांसद वाग्ले


  • 2.8K
    SHARES
    • माघ १८, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 4.4K Views

    सिङ्गो राज्य शक्तिरवि लामिछानेमाथि खनिएको छ : सांसद वाग्ले

    काठमाडौं, १८ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले सिङ्गो राज्य शक्ति नै रवि लामिछानेमाथि प्रतिशोध र पूर्वाग्रहकासाथ खनिएको बताएका छन् । 
    शुक्रबारदेखि सुरु भएको प्रतिनिधि सभाको पाँचौ अधिवेशनलाई सम्बोधन गर्दै उनलेसंविधानको धारामा टेकेर नै बनाएको नियमावलीको प्रावधानलाई बेवास्ता गर्दै रास्वपाका सभापति लामिछानेको सांसद निलम्बन गरिएको भन्दै त्यसको कानुनी उपचार खोज्ने बताए । 
    उनले भने,‘संसदमा एउटा विशेष व्यक्ति अनुपस्थिति छ ।नेपालको संसदीय इतिहासमा झण्डै ५० हजार मत ल्याएर दुई पटक विजयी भएको चितवन क्षेत्र नं २का सांसद तथा हाम्रो पार्टीको सभापति रवि लामिछाने आज उपस्थित हुनुहुन्न । यहाँका सबै सांसदहरुको सर्वसम्मत रुपमा बनाएको संविधानको धारामा टेकेर नै बनाएको विशेष नियमावलीको प्रावधानलाई बेवास्ता गर्दै उहाँलाई निलम्बन गरिएको छ । यसको कानुनी उपचार र निधान हामी खोज्छौं । सिङ्गो राज्य शक्ति नै लामिछानेमाथि प्रतिशोध र पूर्वाग्रहकासाथ खनिएको छ ।’ 
    उनले नयाँ शक्ति विभिन्न चरणमा गुज्रिने भन्दै अहिले रास्वपा तेस्रो चरणको भिषण आक्रमणबाट गुज्रिरहेको महशुस भएको बताए । चौथो चरण अस्थित्वको स्वीकार्यता,प्रवेश,विस्तार र दिग विजय रहेको र आफूहरु चौैथो चरणमा जान पूर्ण रुपमा आत्मविश्वासकासाथ अगाडि बढेको पनि उनले जानकारी दिए । 
    उनले नेपालको जाँचबुझ आयोग ऐन अन्तर्गत पूर्वप्रधान न्यायाधीश वा न्यायाधीशको अध्यक्षतामा न्यायिक आयोग अब गठन हुनुपर्ने माग राखे  । सबै राजकीय पद ग्रहण गरेका नेताको सम्पत्ती छानबिन गर्ने गरेर अब हामी अगाडि जानुपर्ने उनको भनाई छ । 

    images

  • सम्बन्धित विषय:

  • # स्वर्णीम वाग्ले

  • तेस्रो आँखा
    लेखकबाट थप