काठमाडौं, माघ १८ । गायिका एलिना चौहानले सम्बन्धविच्छेदको मुद्दा दायर गर्नुभएको छ । शुक्रबार काठमाडौं जिल्ला अदालतमा गायिका चौहानले पति विष्णु सापकोटालाई विपक्षी बनाएर सम्बन्धविच्छेद मुद्दा दायर गर्नुभएको हो ।
गायिका चौहानले माना चामल र अंश हक दाबी नगरि सम्बन्धविच्छेद मात्रै गरी पाउँ भन्दै अदालतमा सम्बन्धविच्छेदको मुद्दा दायर गर्नुभएको हो । उहाँले फिराद पत्रमा पतिले आफूमाथि अन्याय गरेको उल्लेख गर्नुभएको छ ।
आफ्नो प्रेम सम्बन्धलाई २०८१ वैशाख ५ गते यी जोडीले विवाहमा परिणत गरेका थिए । केही समयअघिदेखि नै यी दुईबीच सम्बन्ध सुमधुर नरहेको चर्चा बाहिरिएको थियो ।
