जलेश्वर कारागारका एकजना कैदीको मृत्यु

जलेश्वर कारागारका एकजना कैदीको मृत्यु


  • 2.3K
    SHARES
    • माघ २०, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 3.5K Views

    जलेश्वर कारागारका एकजना कैदीको मृत्यु

    महोत्तर, २० माघ । महोत्तरीको जलेश्वर कारागारमा एक जना कैदीको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको बटेश्वर गाउँपालिका १ कार्तिकुमरका ५६ वर्षीय जोगेन्द्र महरा रहेका छन् । 

    images

    महराले राती १२ बजेतिर आफूलाई पेट दुखेको जानकारी गराएका थिए । कारागारमै रहेको चिकित्सकले उनले अस्पताल लैजान सुझाव दिएपछि महरालाई जलेश्वर अस्पताल लगिएको थियो । 

    अस्पतालमा उनको २ बजे मृत्यु भएको जलेश्वर कारागारका सूचना अधिकारी रबिन ठाकुरले जानकारी दिनुभयो । उहाँले महराको परिवारजन अस्पताल आइसकेको र मुचुल्का गरी पोस्टमार्टमको तयारी भइरहेको जानकारी दिनु भएको हो । पोस्टमार्टम रिपोर्ट आएपछि मृत्युको कारण खुल्ने सूचना अधिकारी ठाकुरले बताउनुभयो ।

    मृतक महरा आगजनी घटनामा दोषी ठहर भएका थिए । उनलाई प्रहरीले  २०८० को  जेठ २८ गते प्रकाउ  गरेको  थियो । यसैगरी महरा २०८० साउन १६ गतेदेखि सजाय भुत्तान गर्न कारागार चलान भएका थिए । उनी २०८३  असार २७ गते कैद मुक्त हुने भनिएकोमा उनको आज मृत्यु भएको हो ।


    तेस्रो आँखा