जनतालाई गोली हानेर सरकारले ब्यापारी पोस्दैछ: लिङ्देन

जनतालाई गोली हानेर सरकारले ब्यापारी पोस्दैछ: लिङ्देन


  • 2.1K
    SHARES
    • माघ २०, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 3.2K Views

    जनतालाई गोली हानेर सरकारले ब्यापारी पोस्दैछ: लिङ्देन

    काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले व्यापारीको फाइदाको लागि र केही राजनीतिक नेताको कमिसनको लागि पाथीभरामा केबलकार निर्माण थालिएको आरोप लगाएका छन्। 

    images

    आइतबार पार्टी कार्यालय धुम्वराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले नेताहरुको शेयर सुनिश्चितता लागि जनतमाथि गोली चलाएर र दमन गरेर केबलकार अहिले बनाउन जरुरी नरहेको बताएका हुन्। 

    उनले भने,‘अहिले देशमा एउटा घट्नाले ठूलो चर्चा पाइरहेको छ । पाथीभरामा केबुलकार बनाउन नाममा जुन प्रकारको ज्यादती सरकारले गरेको छ । म त्यसको निन्दा गर्न चाहन्छु । कुनै व्यापारीको फाइदाको लागि केही नेताको कमिसनको ,केही नेताहरुको शेयर सुनिश्चितताको लागि जनतमाथि गोली चलाएर दमन गरेर त्यो केबलकार अहिले बनाउन जरुरी छैन् ।’

    त्यस्तै उनले केबलकारको निर्माण कार्य दमन तत्काल रोकेर त्यहाँको जनजीवनलाई सहज बनाउनसरकारको ध्यानाकर्षण गराए। सरकार यसप्रकारको व्यवसायिक विषय र व्यक्तिको लाभसँग सम्बन्धित विषयहरुमा मात्र केन्द्रीत हुँदै गए राप्रपाले त्यसको प्रतिकार गर्ने पनि उनले बताए।

    ‘त्यो आवश्यकता हो कि होइन, जनतालाई कति फाइदा गर्छ। र त्यसले त्यहाँको मौलिकताको संरक्षण गर्छ कि गर्दैन, परम्परामाथि आक्रमण हुन्छ कि हुँदैन। त्यसको विश्लेषण गरेर मात्र यस्ता विषय अगाडि बढाउनुपर्छ। त्यसैले अहिले केबलकारको निर्माण कार्य तत्काल रोक्न र दमन रोकेर जनजीवनलाई सहज बनाउन जरुरी छ’ उनको भनाइ थियो ‘भय र आतंकको वातावरण अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराउन चाहन्छु। यदी सरकार यसप्रकारको व्यवसायिक विषयहरु व्यक्तिको लाभसँग सम्बन्धित विषयहरुमा मात्र केन्द्रीत हुँदै जाने र जनतालाई दमन गर्दै जाने हो भने राप्रपाले त्यसको प्रतिकार गर्छ।’

    त्यस्तै उनले आफ्नो जीवन यात्रामा एक रुपैयाँ पनि भ्रष्टाचार गर्दिन भनेर जुनसुकै मन्दिरमा पनि छिर्नसक्ने दाबी गरे। उनले यो जीवनमा त के अर्को जीवनमा पनि भ्रष्टाचार नगर्ने प्रतिवद्धता जनाए। 

    ‘जुन मैले नेपाली राजनीतिमा भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानु सरह हो भन्ने मान्यता राखेर हिडेको छु । राप्रपाको आदर्शको रुपमा त्यो स्थापित भएको छ’ उनले भने, ‘फेरि एकचोटी जोड दिएर भन्छु, यति लामो जीवन यात्रामा एक रुपैयाँ पनि भ्रष्टाचार गर्दिन भनेर जुनसुकै मन्दिरमा छिर्नसक्छु । त्यसैले यो जीवनमा त के राजेन्द्र लिङ्देनले अर्को जीवनमा पनि भ्रष्टाचार गर्ने छैन्।’ 

     


    तेस्रो आँखा
    लेखकबाट थप