• ट्रेण्डिङ्ग :
बुटवलमा ट्रकले स्कुटीलाई ठक्कर दिँदा एकजनाको मृत्यु

बुटवलमा ट्रकले स्कुटीलाई ठक्कर दिँदा एकजनाको मृत्यु


  • 4.4K
    SHARES
    • माघ २०, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 6.8K Views

    बुटवलमा ट्रकले स्कुटीलाई ठक्कर दिँदा एकजनाको मृत्यु

    बुटवल, माघ २० । बुटवलको चौराहामा आइतबार ट्रकले स्कुटीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय बुटवलले ठक्करबाट मृत्यु हुनेमा स्कुटी चालक बुटवलको कालिकानगर बस्ने ७२ वर्षीय धनबहादुर पुन रहेको जनाएको छ । 

    images

    बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु २ ख ८८६ नम्बरको ट्रकले लु ९४ प ८५९४ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । गुल्मी स्थायी घर भइ बुटवल बस्ने पुन दुर्घटनामा गम्भीर घाइते भएपछि उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको थियो ।  उहाँको अस्पतालमै मृत्यु भएको हो । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । 


    तेस्रो आँखा
    लेखकबाट थप