घोराहीमा मोतीविन्दुको शल्यक्रिया सुरु

घोराहीमा मोतीविन्दुको शल्यक्रिया सुरु


  • 3.7K
    SHARES
    • माघ २१, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 5.8K Views

    घोराहीमा मोतीविन्दुको शल्यक्रिया सुरु

    घोराही, माघ २१ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा मोतीविन्दुको शल्यक्रिया (अपरेसन) सेवा सुरु भएको छ । 

    images

    प्रष्तिष्ठानमा लामो समयदेखि आँखाको उपचार हुँदै आएको आए पनि शल्यक्रियाको सेवा भने भएको थिएन । प्रतिष्ठानका सूचना अधिकारी निशानदाजु भट्टराईले यसै महिनादेखि मोतीविन्दुको शल्यक्रिया सुरु गरेको बताउनुभयो । उहाँले अहिलेसम्म पाँच जनाको  मोतीविन्दुको शल्यक्रिया गरिएको जानकारी दिनुभयो ।

    यो सेवा सुचारु भएसँगै घोराही बङ्गला चुली लगायतका नागरिकलाई सहज हुने सूचना अधिकारी भट्टराईले बताउनुभयो । यस अघि घोराही उपमहानगरपालिका, बङ्गलाचुली गाउँपालिका लगायतका नागरिकहरू आँखाको शल्यक्रियाका लागि तुलसीपुर स्थित रक्षाचौर र लमही स्थित आँखा अस्पतालमा जानुपर्ने बाध्यता थियो । उहाँले अबदेखि प्रतिष्ठानमा आँखा रोग विशेषज्ञ डा। सुरेश रसाइलीले नियमित रूपमा मोतीविन्दुको उपचारसँगै शल्यक्रिया हुने जानकारी दिनुभयो । 

    यसैबिच आँखा रोग विशेषज्ञ  डा। रसाइलीले आइतबार देखि मोतीविन्दुको शल्यक्रियाको सुरु गरेको बताउनुभयो । “यसअघि सामान्य अप्रेसन, उपचार त हुँदै आएकोथियो, उहाँले भन्नुभयो, म आएपछि मोतीविन्दुको शल्यक्रियाको सुरु गरेको हुँ  ।” उहाँले आफु गत पुस १ गतेदेखि प्रतिष्ठानमा ज्वाइन भएको बताउनुभयो । 

    उहाँको अनुसार मोतिविन्दुको शल्यक्रियाका लागि न्यूनतम दस हजार देखि ४० हजारसम्म खर्च हुन्छ । मोतीविन्दुको शल्यक्रियाका लागि लेन्स अनुसार खर्च हुन्छ, डा। रसाइलीले भन्नुभयो, लेन्सको कुन क्वालिटी प्रयोग गर्ने हो, त्यहि अनुसार खर्च हुन्छ । उहाँले आधुनिक प्रविधिको माध्यमबाट सहज तरिकाले मोतीविन्दुको शल्यक्रिया गरिरहेको बताउनुभयो । 

    अहिले अनुहारमा हड्डी भाचिएको, आँसु नलीको अप्रेसन, आँखाको क्यान्सर अप्रेसन, कोस्मेटिक अप्रेसेन, जलविन्दुको अप्रेसन र मोतीविन्दुको अप्रेसन गरिँदै आएको डा। रसाइलीले जानकारी दिनुभयो ।   


    तेस्रो आँखा