नेविसंघको नेतृत्वमा महिला नेताहरुको उर्लदो आकांक्षा 

नेविसंघको नेतृत्वमा महिला नेताहरुको उर्लदो आकांक्षा 


  • 15.0K
    SHARES
    • फाल्गुण २९, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 23.0K Views

    नेविसंघको नेतृत्वमा महिला नेताहरुको उर्लदो आकांक्षा 

    काठमाडौं, २९ फागुन। नेपाली कांग्रेसको भातृसंगठन नेविसंघमा महिला नेतृत्व आउनुपर्छ भन्ने जोडदार माग उठिरहेको छ। केही दिनदेखि नेविसंघका महिला नेत्रीहरुले नेविसंघको नेतृत्वमा महिला आउनुपर्ने माग राख्दै पार्टीका शिर्षस्त नेताहरुलाई ज्ञापन पत्र बुझाएका छन्। नेविसंघको अध्यक्षमा महिला आउनुपर्ने माग राख्दै पार्टीको उपसभापति,महामन्त्री, सह–महामन्त्री लगायतका नेताहरुलार्ई ज्ञापनपत्र बुझाइसकेका छन्। अब प्रधानमन्त्री तथा पार्टी सभापतिलाई ज्ञापन पत्र बुझाउने उनीहरुको भनाई छ। अनेरास्ववियुमा तीन जना महिलाले नेतृत्व गरिसेका छन्।  तर  नेविसंघमा एक जना पनि महिला नेतृत्व आउन नपाएको भन्दै विद्यार्थी महिला नेताहरु असन्तुष्टि पोखिरहेका छन्।  

    images

    भेटमा महिला नेतृत्व आउनुपर्छ भन्ने विषयमा शिर्ष नेताहरुको प्रतिक्रिया सकरात्मक रहेको उनीहरुको भनाई छ। अबको नेविसंघको नेतृत्वमा महिला आउने विषयमा विश्वस्त रहेको महिला नेत्रीहरु बताउँछन्। नेविसंघको अध्यक्ष पदको लागि आकांक्षी महिला नेत्रीहरु धेरै देखिएका छन्। महिलाले अबको नेविसंघको केन्दीय अध्यक्ष पाउनुपर्ने माग बढे पनि पार्टीले अध्यक्षको चयन गर्ने हुनाले को अध्यक्ष हुने भन्ने विषय कांग्रेस सभापति शेरबहादुर देउवामा भर पर्ने देखिन्छ।

    नेविसंघकी नेत्री एलिजा ढकालले आफू नेविसंघको केन्द्रीय अध्यक्षको दाबेदार भएको बताएकी छन्। नेपाली कांग्रेस पार्टी र संगठनको लागि खेल्दै आएको भूमिका र संघर्षको आधारमा अबको नेविसंघको नेतृत्व आफूले गर्न पाउनु पर्ने उनको माग रहेको छ। ‘विशेषत यो पटक नेतृत्वमा महिला आउनुपर्छ भनेर हामी सबै महिला नेत्रीहरु लागेका छौं’, उनले भनिन् ‘महिला नेतृत्वको कुरा आउँदा मैले खेल्दै आएको भूमिकाको मुल्यांकनअनुसार स्वत म अध्यक्षको दाबेदारी हुँ।’

    इलामको महाधिवेशन प्रतिनिधि एवम् पार्टीको महासमिति सदस्य समेत रहेकी प्रेमिका रानाले पनि अध्यक्षमा दाबी गरेकी छन्। ‘संगठनलाई तल्लो तहदेखि केन्द्रीय स्तरसम्म चलायमान बनाई पार्टीको बलियो संगठनको रुपमा स्थापित गर्न आवश्यक छ’, उनले भनिन् ‘त्यसको लागि नेतृत्व दिन र समयानुकुल शैक्षिक प्रणालीलाई व्यवस्थित गर्ने कुरामा आफू सक्षम भएकाले मैले नेविसंघको दाबी गरेको हुँ।’

    अर्की नेत्री गीता गुरुङले पनि आफूले विद्यार्थी संगठनमा गरेको योगदानका आधारमा संघको अध्यक्ष पाउनु पर्ने दाबी गरिन्। संगठनका विभिन्न तहमा आवद्ध भएर गरेको कामको अनुभवको आधारमा आफू नेविसंघको नेतृत्वलिन योग्य भएको उनले बताइन। ‘एउटा संगठनमा सदस्यसमेत भएर काम नगरेका धेरै व्यक्तिले आफू चर्चामा आउन नेतृत्वको दाबी गरेको छन्।’, उनले भनिन् ‘मैले चर्चामा आउनको लागि नेतृत्वको दाबी गरेको होइन’, ‘मेरो कार्यगत अनुभव र योग्यताको आधारमा म नेतृत्वको लागि योग्य व्यक्ति हो त्यसैले मैले दाबी गरेको हुँ।’

    त्यसैगरी नेत्री मेघा शाहीले पनि नेविसंघको केन्द्रय अध्यक्षमा आफ्नो दाबी रहेको बताएकी छन्। ‘कोमामा रहेको नेविसंघलाई सुधार्न, वर्षौदेखि हुन नसकेको अधिवेशन गराउन र संगठनको साखलाई पुरानै अवस्थामा फर्काउदै समयानुकुल शिक्षा निति निर्माण गर्ने योजनाका साथ आफूले संघको अध्यषमा दावी गरेको उनले बताइन्। ‘संगठनको लागी मैले खेल्दै आएको भूमिका र अन्यत्र नेतृत्व सम्हाल्दै आएकोे अनुभवको आधारमा आफूले नेतृत्व गर्न सक्षम छु भनेर मैले नेतृत्वको लागि दाबी गरेको हुँ।’ नेविसंघको केन्द्रीय अध्यक्षमा एलिजा ढकाल, प्रेमिका राना मगर, गीता गुरुङ, मेघा शाहीको साथमा महेश्वरी कुँवर, पुनम भट्टलगायत अन्य थुप्रै नामहरु चर्चामा छन्।

    यस्तै, पुरुषतर्फबाट पनि अध्यक्षको दाबी गर्नेहरुको संख्या एकदमै धेरै छ। डुजाङ शेर्पा, प्रेमराज जोशी, प्रेम शाही ठकुरी, सुमन केसी, सुशील भट्ट, नवराज त्रिपाठी, सरोज कुमार थापा, पुष्पकुमार शाही, दिपेन्द्रराज जोशीलगायतको नाम चर्चामा छ। पार्टी भित्र ३२ वर्षे उमेरहद लागु गराउने वा एक पटक पुराना नेताहरुलाई स्थान दिएर पास आउट गराउने भन्ने बहस चलिरहेको छ। ३२ वर्षे उमेर हदका विषयमा पार्टी नेतृत्व अल्मलिदा समयमा नेविसंघले नेतृत्व नपाउने चिन्ता पनि नेताहरुलाई बढेको छ। नेविसंघ नेतृत्व छनोटको विषयमा मातृपाटी नेपाली कांग्रेसल एकापटी विद्यार्थीको ३२ वर्षे उमेर दहको चपेटामा परेको छन भने अर्को तर्फ महिलाहरुलाई नेतृत्वमा पुर्याउनु पर्ने प्रेसरले तताएको छ। यी दुइवटै विषयलाई व्यवस्थित गरेर आगामी नेविसंघको कसरी छनोट गर्छ त्यो भर्न हेर्न बाँकी नै छ।


    पदम भुजेल
    लेखकबाट थप