दाङ ३ मा जगतबहादुर खड्का निर्वाचित

दाङ ३ मा जगतबहादुर खड्का निर्वाचित


  • 7.4K
    SHARES
    • मंसिर ८, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 11.3K Views

    दाङ ३ मा जगतबहादुर खड्का निर्वाचित
    दाङ, ८ मंसिर । दाङ क्षेत्र नम्बर ३ को संघीय सभापतिमा जगतबहादुर खड्का निर्वाचित हुनु भएकाे छ । खड्काको प्यानल नै निर्वाचित भएको हाे । खड्काको यो लगातार तेस्रो जित हो । उहाँ संस्थापन इतरका नेता हुन्नुहुन्छ ।

    निर्वाचित खड्काले ४ सय ३८ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी संस्थापन पक्षधर सुरेन्द्र खड्काले ३ सय ११ प्राप्त गरे । एकल उम्मेदवार किरण बहादुर शाहले भने ६८ मत मात्रै प्राप्त गरे ।

    images

    त्यस्तै सचिव पदमा खड्का प्यालनका सोभाखर सापकोटाले ४ सय ६० र पूर्णबहादुर खत्रीले ४ सय १६ मत प्राप्त गरी निर्वाचित भएका छन् । उहाँहरूका प्रतिस्पर्धी रवि बुढाथोकीले ३ सय ३५ र भेषराज डाँगीले ३ सय ५ मत प्राप्त गरेका थिए ।

    त्यस्तै सहसचिव पदमा भीमकान्त भट्टराईले ४ सय ४८ र डेफुलाल चौधरीले ३ सय ३८ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । उनीहरूका प्रतिस्पर्धी भूपबहादुर केसीले ३ सय ७३ र तनुजसिंह वलिले २ सय ६४ मत प्राप्त गर्नु भएकाे थियाे ।

    दाङको निर्वाचन क्षेत्र नम्बर  ३ मा कूल ८ सय ४७ मतदाता मध्ये ८ सय ४४ जनाले मतदान गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # जगतबहादुर खड्का

  • तेस्रो आँखा