काठमाडौं, २९ फागुन। नेपाल प्रेस युनियनको महाधिवेशन आगामी जेठ १३ र १४ गते हुने भएको छ। प्रेस युनियनकाे आजबसेकाे बैठकले महाधिवेशन बागमती प्रदेशको राजधानी हेटौँडामा गर्ने निर्णय गरेकाे हाे ।
आज बसेको युनियन सचिवालय बैठकले महाधिवेशनकाे मिति तोकेको नेपाल प्रेस युनियनका उपाध्यक्ष दिपक आचार्यले जानकारि दिए । २०७१ मा पोखरामा भएको आठौँ महाधिवेशन पश्चात युनियनको महाधिवेशन हुन सकेको छैन।
काेराेना संक्रमण र पार्टीकाे महाधिवेशनका कारण पटक पटक मिति ताेकेर सरेकाे महाधिवेशन यसपटक गर्नेगरी मिति तय गरिएकाे उपाध्यक्ष आचार्यले बताए । नेतृत्वले लामाे समयदेखि महाधिवेशन याे वा त्याे बहाना पछि धकेल्दै आराेप खेप्दै आएका छन् । वर्तमान नेतृत्वमा रहेका नेताहरूले याे आराेपबाट मुक्त हुनकालागी पनि ताेकीएकाे समयमा महाधिवेशन गराउनु जरूरी देखिन्छ ।
