सबै आयोजनाहरु एकैपटक सुरु गर्न मन्त्री खड्काको प्रस्ताव

सबै आयोजनाहरु एकैपटक सुरु गर्न मन्त्री खड्काको प्रस्ताव


  • 1.8K
    SHARES
    • माघ २५, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 2.7K Views

    सबै आयोजनाहरु एकैपटक सुरु गर्न मन्त्री खड्काको प्रस्ताव

    काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दिपक खड्काले लक्ष्य प्राप्तीका लागि सबै आयोजनाहरु एकैपटक बन्नुपर्ने बताएका छन् ।

    images

    शुक्रबार पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले सरकारसँग भएका जति पनि आयोजनाहरु छन् ति सबै आयोजनाहरुलाई एकैपटक सुरु गर्नुपर्ने अवस्था रहेको बताएका हुन् ।

    उनले भने, ‘सरकारसँग भएका जति पनि आयोजनाहरु छन् ति सबै आयोजनाहरुलाई एकैपटक सुरु गर्नुपर्ने अवस्था छ । सरकारले लिएको लक्ष्य प्राप्तिका लागि समयमै त्यो लक्ष्य हासिल गर्न सबै आयोजनाहरु बन्नुपर्छ । एकैपटक सुरु गरिएन भने अझैं ६–७ वर्ष समय कुर्नुपर्छ । छिटो गरियो भने पनि ८ वर्ष १० वर्ष काम सम्पन्न हुन समय लाग्ने स्थिति छ ।’

    साथै उनले आयोजनाहरु छिटो बनाउनका लागि के के कुराको शब्दावली  राख्नुपर्छ  त्यो समितिले जानकारी दिन समेत आग्रह गरे । उनले विकास निर्माणमा भएको  स्रोत साधनमा लगानी गर्न विदेशीहरुलाई गुहार्नुपर्ने अवस्था रहेको बताए ।

  • सम्बन्धित विषय:

  • # दिपक खड्का

  • तेस्रो आँखा
    लेखकबाट थप