• ट्रेण्डिङ्ग :
आज हल्का हिमपातको सम्भावना

आज हल्का हिमपातको सम्भावना


  • 2.2K
    SHARES
    • माघ २६, २०८१ शनिबार
    • १ बर्ष अघि
    • 3.3K Views

    आज हल्का हिमपातको सम्भावना

    काठमाडौँ, माघ २६ । पश्चिमी वायुको सामान्य प्रभावका कारण कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली भएको छ ।

    images

    आज कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका अन्य भूभागमा भने मौसम सफा रहने छ । 

    बिहानीपख तराईका भूभागहरूमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ । यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।


    तेस्रो आँखा