• ट्रेण्डिङ्ग :
खानेपानी मन्त्रालयमा आगलागी

खानेपानी मन्त्रालयमा आगलागी


  • 1.7K
    SHARES
    • माघ २६, २०८१ शनिबार
    • १ बर्ष अघि
    • 2.7K Views

    खानेपानी मन्त्रालयमा आगलागी

    काठमाडौँ, माघ २६ ।  काठमाडौँको सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी भएको छ ।

    images

    सिंहदरबार प्रहरीका अनुसार खानेपानी मन्त्रालयको चौथो तलामा आज बिहान पौने ८ः३५ बजे आगलागी भएको हो । उक्त तलामा खानेपानीमन्त्रीको कार्यकक्ष समेत रहेको थियो ।

    सिंहदरबार सुरक्षा गणका प्रमुख, प्रहरी नायब उपरीक्षक दिनेश घिमिरेले बारुणयन्त्रको सहायताले आगलागी नियन्त्रणमा लिइएको राससलाई जानकारी दिनुभयो । उक्त मन्त्रालयको भवनभित्र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसमेत रहेको छ ।

    आगलागी के कारण भयो भन्नेबारे खुलेको छैन । तीनवटा कोठामा लागेको आगलागीको क्षतिको विवरण समेत आइसकेको छैन । 


    तेस्रो आँखा