जनजातिहरुको इतिहासलाई व्यवस्थित गर्न भाषालाई मान्यता दिनुपर्छ : मन्त्री गुरूङ

जनजातिहरुको इतिहासलाई व्यवस्थित गर्न भाषालाई मान्यता दिनुपर्छ : मन्त्री गुरूङ


  • 2.1K
    SHARES
    • माघ २६, २०८१ शनिबार
    • १ बर्ष अघि
    • 3.3K Views

    जनजातिहरुको इतिहासलाई व्यवस्थित गर्न भाषालाई मान्यता दिनुपर्छ : मन्त्री गुरूङ

    काठमाडौं ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले आदिवासी जनजातिहरुको लिखित इतिहास नभएको बताएका छन् ।

    images

    संयुक्त ल्होसार÷ल्होछार÷ लोसार शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उनले आदिवासी जनजातिहरुको किवदंन्तीहरु, कथाहरुमा मात्र उनीहरुको इतिहास भएकाले यो इतिहासलाई व्यवस्थित गर्नको लागि आदिवासी जनजातिहरुको भाषालाई मान्यता दिनुपर्ने बताएका छन् ।

    उनले भने, ‘आदिवासी जनजातिहरुले हामीलाई संघिय लोकतान्त्रिक गणतन्त्रमा ल्याउन महत्वपूर्ण भूमिका खेलेको छ । आदिवासी जनजातिहरुको लिखित इतिहास त छैन तर आदिवासी जनजातिहरुको किवदंन्तीहरु, कथाहरुमा मात्र उनीहरुको. इतिहास छ । यो इतिहासलाई व्यवस्थित गर्नको लागि भाषालाई मान्यता दिनुपर्छ ।’

    साथै उनले नेपाल राज्य सबैको  साझा देश भएकाले हाम्रो राज्य र सरकार सबै  धर्म मान्नेहरुप्रति निष्पक्ष रहनुपर्ने बताए । उनले कसै धर्मलाई धेरै माया र कसैलाई काखापाखा गर्न नहुने बताए ।

  • सम्बन्धित विषय:

  • # पृथ्वी सुब्बा गुरूङ

  • तेस्रो आँखा
    लेखकबाट थप