• ट्रेण्डिङ्ग :
राष्ट्रिय सभाको बैठक आज बस्दै

राष्ट्रिय सभाको बैठक आज बस्दै


  • 2.9K
    SHARES
    • माघ २७, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 4.5K Views

    राष्ट्रिय सभाको बैठक आज बस्दै

    काठमाडौं, २७ माघ । संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठक आज (आइतबार) बस्दैछ । बैठक दिउसो सवा १ बजे बस्न लागेको हो । 

    images

    आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८१/८२ को बजेट कार्यान्वयनको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन सभा समक्ष पेस गर्नेछन् । यसका साथै आजको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जाल विधेयक, २०८१ सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ ।

    आज भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्ने बैठकको कार्यसूची रहेको छ । 

    यसैगरी आज संघीय संसद, प्रतिनिधि सभा अन्तर्गत गठित पूर्वाधार विकास समितिको बैठक पनि बस्दै छ । बिहान ९ बजे पूर्वाधार विकास समितिको सभाकक्षमा बैठक बस्न लागेको हो । बैठकमा जलस्रोत विधेयक,  २०८१ माथि दफावार छलफल हुनेछ । 

     


    तेस्रो आँखा