• ट्रेण्डिङ्ग :
लागु औषध दुर्व्यसनीमा नफस्न परराष्ट्रमन्त्री राणाको आग्रह

लागु औषध दुर्व्यसनीमा नफस्न परराष्ट्रमन्त्री राणाको आग्रह


  • 3.0K
    SHARES
    • माघ २७, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 4.6K Views

    लागु औषध दुर्व्यसनीमा नफस्न परराष्ट्रमन्त्री राणाको आग्रह

    कैलाली, २७ माघ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले लागु औषध दुर्व्यसनीमा नफस्न सबैलाई आग्रह गर्नुभएको छ ।

    images

    नेपाल विद्यार्थी सङ्घ धनगढी उपमहानगर समितिले आइतबार धनगढीमा आयोजना गरेको लागु औषध दुर्व्यसनीविरुद्धको बृहत् पैदल यात्राको शुभारम्भ गर्दै उहाँले लागु औषधको प्रयोग नगर्न सबैमा आग्रह गर्नुभएको हो ।

    ‘लागु औषध एकपटक पनि प्रयोग नगर्नुहोस् । एक मात्राले पनि दिमागमा असर गर्छ । साथीहरूको लहलहैमा पनि नलाग्नुस्,’ मन्त्री देउवाले भन्नुभयो, ‘सकारात्मक कुरा सोचौँ । आफ्ना घरपरिवारलाई सम्झिउँ, लागु औषध प्रयोगमा नलाग्नुस् । यसले कसैलाई राम्रो गर्दैन ।’

    लागु औषध दुर्व्यसनीमा फसेकालाई छोड्न आग्रह गर्दै उहाँले भन्नुभयो, ‘लागुऔषधमा फसिसकेकाले त्यसबाट निस्कन सकिन्न भन्ने नसोच्नुस् । निस्कन सक्नुहुन्छ, मान्छेले चाहे जे पनि हुन्छ । आजकै दिनदेखि छोड्नुस् ।’

    मन्त्री देउवाले लागु औषध दुर्व्यसनी नेपालमा मात्रै नभएर भारतमा समेत ठूलो समस्याका रूपमा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘लागु औषधको समस्या पहिलेदेखि नै हो । यसले विशाल रूप लिएको देख्दा चिन्ता र दुःख लागेको छ । यहाँ पनि धेरै घरपरिवारमा यो समस्या छ । लागु औषध दुर्व्यसनी नलाग्न म आग्रह गर्न चाहन्छु ।


    तेस्रो आँखा