• ट्रेण्डिङ्ग :
दिल्लीमा ३० वर्षपछि भाजपा उदयको अन्तर्य

दिल्लीमा ३० वर्षपछि भाजपा उदयको अन्तर्य


  • 3.4K
    SHARES
    • माघ २७, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 5.2K Views

    दिल्लीमा ३० वर्षपछि भाजपा उदयको अन्तर्य

    लगभग तीन दशकपछि भारतको राजधानी दिल्लीको सत्तामा भारतीय जनता पार्टी फेरि फर्किएको छ। देशको राजधानी सहर दिल्लीको सत्तालाई यहाँका राजनीतिक दलहरूले आफैमा राजनैतिक र रणनीतिक महत्वकारुपमा लिने गरेका छन्। 

    images

    दिल्ली बिधानसभाको चुनावी परिणाम शनिबारमात्रै घोषणा गरिएको थियो र त्यसमा बहुमत सिट भाजपाले जितेको छ। कूल ७० सिटमध्ये भाजपाले ४८ सिट जित्यो। सत्तारुढ आम आदमी पार्टी(आप) भने २२ सिटमै खुम्चिएको छ। भाजपाले जितेको ४८ सिट भनेको यहाँको राज्य सरकार बनाउन चाहिने ३५ सिटभन्दा निकै धेरै हो। यो परिणामअनुसर अब दिल्लीमा भाजपाको एकल सरकार बन्नेछ।  

    राजधानी दिल्ली भारतको संघ प्रशासित क्षेत्र हो। तर राज्य सरकारसँग पनि केही अधिकारहरू छन्। 

    दिल्लीमा भएको यो पराजयसँगै आम आदमी पार्टीको भविष्यबारे अव चिन्ताहरू उत्पन्न हुन थालेका छन्। अहिले पञ्जाव राज्यमा पनि आम आदमी पार्टीको सरकार छ। दिल्लीमा केजरीवा सरकारले सन् २०१३देखि लगातार सत्ता चलाउँदै आएको थियो। आम आदमी पार्टीका अध्यक्ष अरविन्द केजरीवाल भ्रष्टाचार विरोधी अभियानबाट राजनीतिमा आएका थिए र सन् २०१३मा अप्रत्याशितरुपमा दिल्लीको सत्तामा उदाएका थिए। त्यसपछि भारतभरि आम आदमी केजवरीवाल लहर चल्यो। 

    देशकै ठूलो पार्टी भए पनि सन् १९९८ यता भारतीय जनता पार्टी भने सत्ता बाहिरै थियो। आम आदमी पार्टीको उदय अघि अर्थात् २०१३सम्म भारतीय कंग्रेस दिल्लीको सत्तामा थियो। 

    ‘विकासको जित, सुशासनको विजय’ चुनावी परिणामपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमा लेखेका छन् ‘दिल्लीको विकासको लागि कुनै कसर बाँकी राखिने छैन।’ 

    दिल्लीको सत्ता र राजनीतिमा चर्चासँगै कैयौं भ्रष्टाचार तथा व्यक्तिगत विवादमा मुछिँदै आएका केजरीवालको पराजय अहिले भारतभरि चर्चाको विषय बनेकाे छ। केजरीवाललाई भारतीय जनता पार्टीका परवेशसिंह बर्माले पराजित गरे। उनले ३० हजार २४ मत पाउँदा केजरीवाल  २५ हजार ९२५ मतमै सिमित रहे। 

    परवेशसिंह भारतीय जनता पार्टीका पुराना नेता साहिवसिंह बर्माका छोरा हुन्। केजरीवाललाई पराजित गरेपछि उनी पनि चर्चामा छन् र अब दिल्लीका मुख्यमन्त्रीको एक सशक्त दाबेवार पनि उनी हुन्। 

    केजरीवालले आम आदमीको याे पराजयलाई सहर्ष स्वीकार गरेकाे घोषणा गरेका छन्। साथै उनले १० वर्षको अवधिमा दिल्लीको मुहार फेर्ने कैयौं पूर्वाधारको विकाससँगै अरु पनि धेरै काम गरेको दाबी गरेका छन्। 

    याे चुनावमा आम आदमी पार्टीका  मनिष सिसोदिया, अवध ओझा र बिबी त्यागीलगायत अरु पनि धेरै बरिष्ठ नेताहरूले पराजय भाेग्नुपर्‍याे। बहालवाल मुख्यमन्त्री आतिशी समेत झिनो अन्तरको जित हासिल गर्न सफल भइन्।

    मध्यमवर्गको नेतृत्वमा भएको भ्रष्टाचारविरोधी आन्दोलनको नेतृत्व गरेका केजरीवालले गरिबको पार्टी बन्ने बाटो रोजेका थिए।
    गरिब र दिल्लीमा सङ्घर्षरत मजदुर वर्गले उनलाई कहिलेबाट साथ दिन छाडे भन्ने अझै प्रस्ट भएको छैन।

    भ्रष्टाचारको आरोप, प्रमुख नेताहरू जेल पर्ने क्रम र केजरीवाल स्वयंको गिरफ्तारीले आम आदमी पार्टीको अभियानलाई क्षति पुर्‍याउँदा देखा परेको रिक्ततालाई भाजपाले तत्काल सदुपयोग गर्‍यो। 

    विशाल स्रोत र शक्तिशाली चुनावी संयन्त्रसहितको भाजपाले राज्य र सङ्घीय सरकारहरू एउटै पार्टीले स्थिरता र सुशासनसहित चलाउने वाचा गरेको थियो।

     


    तेस्रो आँखा
    लेखकबाट थप