एकतावद्ध भएर लागेमा काँग्रेसलाई जित्न कसैले सक्दैन–देउवा

एकतावद्ध भएर लागेमा काँग्रेसलाई जित्न कसैले सक्दैन–देउवा


  • 2.8K
    SHARES
    • माघ २७, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 4.3K Views

    एकतावद्ध भएर लागेमा काँग्रेसलाई जित्न कसैले सक्दैन–देउवा

    दाङ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रको एकतालाई कायम राख्न सकेमा काँग्रेसलाई जित्न कसैले नसक्ने बताउनुभएको छ ।

    images

    नेपाली काँग्रेस जिल्ला कार्यसमिति दाङले आइतवार घोराहीमा गरेको भेटघाट कार्यक्रममा बोल्दै सभापति देउवाले पार्टी भित्र गुट उपगुट नबनाएर एक ढिक्का भएर लागेमा काँग्रेसले अवस्य पनि चुनाव जित्ने बताउनुभएको हो । ‘आदिवासी, जनजाति, पहाडी, मुस्लिम, थारु सबै मिलेर बसेको समाज छ’ देउवाले भन्नुभयो ‘यो समाजलाई हाम्रो पार्टीले मिलाएर लग्ने छ ।’ दाङ यस अघि पनि काँग्रेसले जितेको ठाउँ भएकाले फेरि पनि काँग्रेसलै जित्ने विश्वास लिएको पनि उहाँले बताउनुभयो ।

    दाङको विकासका लागि मूख्य कुरा एयरपार्ट र अस्पताल भएको भन्दै देउवाले त्यसका लागि आफूले सक्दो पहल गर्ने प्रतिवद्धता जनाउनुभयो । ‘यहाँ बाह्रै महिना ठूलो जहाज बस्ने एयरपार्ट आवश्यक छ’ देउवाले भन्नुभयो ‘त्यसका लागि विज्ञहरुसँग सल्लाह गरेर निर्णय गर्छाै ।’ यस विषयमा आफूले प्रधानमन्त्रीसँग सल्लाह गर्ने पनि उहाँको भनाइृ छ । यस्तै पूर्वप्रधानमन्त्री समेत रहनुभएका देउवाले दाङमा रहेको राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई थप सुविधा सम्पन्न बनाइने पनि उल्लेख गर्नुभयो ।

    आइतवार नै राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानको आधारभूत विज्ञान प्रयोगशाला भवन उद्घाटन गर्दै देउवाले प्रतिष्ठानलाई चार सय सैयामा स्तरवृद्धि गर्न सरकारसँग पहल गर्ने बताउनुभएको छ । नर्सिङ पढाई सुरु गरेका प्रतिष्ठानले छिट्टै नै एमबीबीएस र एमडी पढाई सञ्चालन गर्नका लागि आवश्यक पूर्वाधार निर्माणमा पनि देउवाले जोड दिनुभयो ।

  • सम्बन्धित विषय:

  • # शेरबहादुर देउवा

  • तेस्रो आँखा
    लेखकबाट थप