महोत्तरीमा बस दुर्घटना हुँदा ३० जना घाइते

महोत्तरीमा बस दुर्घटना हुँदा ३० जना घाइते


  • 2.9K
    SHARES
    • माघ २८, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 4.4K Views

    महोत्तरीमा बस दुर्घटना हुँदा ३० जना घाइते

    महोत्तरी, २८ माघ । महोत्तरीमा यात्रुबाहक बस दुर्घटनामा हुँदा ३० जना घाइते भएका छन् । जनकपुरबाट बरथहवाका लागि छुटेको ना ५ ख २८५१ नम्बरको बस दुर्घटनामा परेको महोत्तरी प्रहरीले जनाएको छ ।

    images

    बस महोत्तरीको माइस्थानबाट तीन किलोमिटर पश्चिमतिरको जंगलमा अनियन्त्रित भई दुर्घटना भएको हो । बसमा सवार ४० जना यात्रुमध्ये ६ जनाको अवस्था मध्यम रहेको छ भने बाँकी सामान्य घाइते भएका छन् । 

    घाइतेहरुको बर्दिवासमा उपचार भइरहेको छ भने पक्राउ परेका चालकलाई अनुसन्धानका लागि प्रहरीले हिरासतमा राखेको महोत्तरी प्रहरीले जनाएको छ ।


    तेस्रो आँखा