• ट्रेण्डिङ्ग :
नेपाल र साउदी अरबबीच मंगलबार ‘जनरल कोअप्रेसन एग्रिमेन्ट’ हुने 

नेपाल र साउदी अरबबीच मंगलबार ‘जनरल कोअप्रेसन एग्रिमेन्ट’ हुने 


  • 7.3K
    SHARES
    • फाल्गुण ३०, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 11.3K Views

    नेपाल र साउदी अरबबीच मंगलबार ‘जनरल कोअप्रेसन एग्रिमेन्ट’ हुने 

    काठमाडौं, ३० फागुन। नेपाल र साउदी अरबबीच मंगलबार काठमाडौंमा ‘जनरल कोअप्रेसन एग्रिमन्ट’ (सहयोग सम्झौता) हुने भएको छ। 

    images

    साउदी अरवका राजकुमार तथा विदेशमन्त्री फैसल विन फहरान अल साउदको नेपाल भम्रमणको बेला उक्त सम्झौतापत्रमा हस्ताक्ष हुन लागेको हो। 

    साउदी विदेशमन्त्री साउद दुई दिने नेपाल भ्रमणको सिलसिलामा आज काठमाडौं आउँदैछन्। उनले मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ। 

    मंगलबार नै नेपाल र साउदी अरवका विदेशमन्त्रीबीच द्विपक्षीय बैठक हुनेछ। बैठकमा कोभिड पछिको विकास निर्माण, अन्तर्राष्ट्रिय फोरममा एकअर्काको साथ/समर्थन र वैदेशिक रोजगारीका विषयमा छलफल हुने जनाइएको छ। 

    बैठकमा नै नेपाल र साउदी अरवबीच सहयोग सम्झौतामा हस्ताक्षर गरिने छ। यो दुई देशको बीचमा गर्न सकिने विभिन्न सहयोगहरु– आर्थिक सामाजिक, औद्योगिक, सांस्कृतिक, लगानी, वैदेशिक रोजगार सबै क्षेत्र समेटेको अम्रेला सम्झौता हो। 

     


    तेस्रो आँखा