काठमाडौं, ३० फागुन। सत्तारूढ दल नेपाली कांग्रेसकाे ७७ वटै जिल्लाकाे अधिवेशन सम्पन्न भएकाे छ। करिब ६ वर्षको अन्तरालमा भएकाे अधिवेशनले सबै जिल्लाले नयाँ नेतृत्व पाएकाे हाे।
नेताहरूले गुट भत्काउने भनेपनि यसपटक पनि गुट भत्काउन भन सकने बरू यस पटकको अधिवेशनमा कांग्रेसभित्र परम्परागत गुटहरु भत्किए भने नयाँ समूहकाे जन्म भयाे ।
जसअन्तर्गत सभापति देउवा पक्षले ४४ जिल्लामा सभापति जित्दा शेखर कोइराला पक्षले ३३ जिल्लामा सभापति जितेको छ।
गएकाे मंसिरमा १४ औं केन्द्रीय महाधिवेशन सम्पन्न गरेको कांग्रेसले महाधिवेशन अगाडि ६१ जिल्लामा मात्र अधिवेशन सम्पन्न गर्न सकेको थियो। बाँकी १६ जिल्लाका अधिवेशन भने हालै सकाएको हो।
६१ जिल्ला अधिवेशन सम्पन्न गर्दा देउवा र रामचन्द्र पौडेल पक्ष बनेर देशभर प्रतिस्पर्धा गरेका कांग्रेसीहरु महाधिवेशनमा देउवासँग कोइराला भिडेपछि बाँकी जिल्लामा देउवा–कोइराला पक्ष बनेर मैदानमा उत्रिएका थिए ।
४४ जिल्लामा सिटौला, निधिसहित सभापति देउवा पक्षमा सभापति विजयी हुँदा कोइराला पक्षले ३३ जिल्लामा सभापति जितेका छन्। गोरखा, मनाङ, मुस्ताङलगायत केही जिल्लाका सभापति भने सर्वसम्मत चुनिएका थिए ।
