• ट्रेण्डिङ्ग :
बस दुर्घटना हुँदा तीन जनाको मृत्यु

बस दुर्घटना हुँदा तीन जनाको मृत्यु


  • 2.1K
    SHARES
    • माघ ३०, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 3.2K Views

    बस दुर्घटना हुँदा तीन जनाको मृत्यु

    काठमाडौँ, माघ ३० । काठमाडौँको शंखरापुर नगरपालिका–५ कात्तिकेस्थित साँखु–नगरकोट सडकखण्डमा बुधबार साँझ स्कुल बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। बसमा सवार २० बढी विद्यार्थी घाइते भएका छन्।

    images

    चावहिलस्थित एसएस एकेडेमीले रिजर्भ गरेको बा २ ख ७९५८ नम्बरको सुन्दरीमाई यातायातको बस ब्रेक फेल भइ अनियन्त्रित हुँदा दुर्घटना भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो।

    वनभोज खाएर नगरकोटबाट साँखुतर्फ आउँदै गरेको उक्त रिजर्भ बस साँझ ५ बजेतिर दुर्घटना भएको हो। दुर्घटनाको अन्य विस्तृत विवरण आउन बाँकी रहेको र अहिले पनि उद्धार भइरहेको प्रहरीले जनाएको छ। रासस  


    तेस्रो आँखा