केबलकार निर्माण क्षेत्रका बाँकी रूख कटान

केबलकार निर्माण क्षेत्रका बाँकी रूख कटान


  • 2.4K
    SHARES
    • माघ ३०, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 3.7K Views

    केबलकार निर्माण क्षेत्रका बाँकी रूख कटान

    फुङलिङ, माघ ३०। केबलकार निर्माण कम्पनीले पाथीभरा क्षेत्रको बाँकी रूख कटान गरेको छ। सरकारी प्रतिनिधि र नो केबलकार समूहद्वारा गठित समन्वय समितिको वार्ता भाँडिएपछि केबलकार निर्माण कम्पनीले पाथीभरा क्षेत्रको बाँकी रूख कटान गरेको हो। 

    images

    बुधबार बिहान १७ प्रतिशत कटान सकिएको र अब बटम स्टेसन आसपासका केही रूख मात्रै बाँकी रहेको कम्पनीले जनाएको छ। यसअघि गत जेठको पहिलो हप्ता ८० प्रतिशत रूख कटान गरेको थियो। 

    वार्ता समितिले गरेको ६ बुँदे सहमतिमा बटम स्टेसन माथिको काम नगर्ने उल्लेख थियो। तर आन्दोलनरत समूहले दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेपछि रूख कटान गरिएको कम्पनीले जनाएको छ। 

    डिभिजन वन कार्यालय ताप्लेजुङका अनुसार ठूला रूख २१ सय १४ वटामा टाँचा लगाइएको थियो। ठूला, साना, पोथ्रा, पोथ्री गरी छ हजार रूख कटान हुने उल्लेख छ। यस्तै बटम स्टेसनको काम पनि जारी रहेको कम्पनीले जनाएको छ। 

    यता प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा पौडेलले अवस्थाको मध्यनजर गर्दै सुरक्षाको व्यवस्था गरिएको बताउनुभएको छ। 

    यस्तै केबलकार खारेजी संयुक्त सङ्घर्ष समितिका संयोजक खगेन्द्र फेम्बूले आफूहरूमाथि राज्यले अन्याय गरेको बताउनुभयो। 


    तेस्रो आँखा