काठमाडौं। ललिता निवासकाे जग्गा हिनामिना प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल र डा.बाबुराम भट्टराईविरुद्ध चलाउने वा नचलाउने भन्नेबारे अब सर्वाेच्च अदालतको पूर्ण इजलासले निर्णय लिने भएकाे छ। उनीहरूलाई छानविनको दायरामा ल्याएर अनुसन्धान हुनुपर्ने माग सहित दायर रिट निवेदन सर्वोच्च अदालतको पूर्ण इजलासमा पेश हुने भएकाे हाे।
न्यायाधीशहरू तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको इजलासले बिहीबार तीनवटा निवेदनहरूलाई पूर्ण इजलासमा पठाउन आदेश दिएकाे हाे।
बालुवाटारको ललिता निवासस्थित सरकारी जग्गा व्यक्तिको नाममा गर्ने तत्कालीन मन्त्रिपरिषद्का निर्णयमा नेपाल र भट्टराईमाथि मुद्दा चलाउन माग गर्दै रिट परेकाे थियाे।
रिट परेकाे ५ वर्षपछि १३औं पटककाे सुनुवाइले पूर्ण इजलासमा पठाउने निर्णय गरेकाे हाे।
