घाइते उपप्रधानमन्त्री पौडेल र नगर प्रमुख आचार्यसँगको भेटघाट बन्द

घाइते उपप्रधानमन्त्री पौडेल र नगर प्रमुख आचार्यसँगको भेटघाट बन्द


  • 3.4K
    SHARES
    • फाल्गुण ४, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 5.2K Views

    घाइते उपप्रधानमन्त्री पौडेल र नगर प्रमुख आचार्यसँगको भेटघाट बन्द

    काठमाडौँ, फागुन ४ । कीर्तिपुर अस्पतालले जलनको उपचार गराइरनुभएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यसँगको भेटघाट बन्द गरेको छ। 

    images

    अहिलेलाई घाउको अवस्था सामान्य भएपनि संक्रमको जोखिम रहेको भन्दै अस्पतालले विज्ञप्तिमार्फत् भेटघाट पूर्ण रुपमा बन्द गरिएको जानकारी गराएको हो। 

    अस्पतालका मेडिकल निर्देशक डा. निजीना ताम्राकार र निर्देशक डा। किशण किशोर नकर्मीले संयुक्त रुपमा सार्वजनिक गर्नुभएको विज्ञप्तिमा भनिएको छ, ‘घाउको अवस्थाबारे आज ड्रेसिङ भएपछि आद्यवधिक गरिने छ र हाललाई अवस्था सामान्य भएता पनि संक्रमण हुने भएको हुँदा हाललाई भेटघाट अर्को सूचना नआएसम्म पूर्ण रुपमा बन्द गरिएको छ।’ 

    शनिबार पोखरा पर्यटन महोत्सवको उद्घाटनको अवसरमा उडाउनेक्रममा बेलुन पड्किँदा उहाँहरु दुवैजना घाइते हुनुभएको हो। उहाँहरुलाई पोखराबाट शनिबार नै उपचारका लागि कीर्तिपुर अस्पताल ल्याइएको हो। 


    तेस्रो आँखा