जलन हुने, शिघ्र स्वास्थ्य लाभको कामना गर्ने वाहेक अरु काम भएन् : चन्द्र भण्डारी

जलन हुने, शिघ्र स्वास्थ्य लाभको कामना गर्ने वाहेक अरु काम भएन् : चन्द्र भण्डारी


  • 2.9K
    SHARES
    • फाल्गुण ४, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 4.5K Views

    जलन हुने, शिघ्र स्वास्थ्य लाभको कामना गर्ने वाहेक अरु काम भएन् : चन्द्र भण्डारी

    काठमाडौं ।  नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले अर्थमन्त्री विष्णु पौडेल र  पोखरा महानगरपालिकाका मेयर धनराज आर्चायलाई शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

    images

    आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले जलनमा परेका अर्थमन्त्री र आर्चायलाई शिघ्र स्वास्थ्य लाभको कामना गरेका हुन् ।

    उनले भने, ‘हिजो जलनमा परेर अर्थमन्त्री  विष्णु पौडेल र  पोखरा महानगरपालिकाका मेयर धनराज आर्चाय घाइते  हुनुभएको  छ । उहाँ दुई जनालाई  शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु । यसैगरी सानदार मःम मा ग्यास विष्फोटन भइ ज्यान गुमाएका सबैमा श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु । जलन हुने, शिघ्र स्वास्थ्य लाभको  कामना गर्ने , श्रद्धाञ्जली व्यक्त गर्ने यो हाम्रो निरन्तर भयो । जुन दिन म जलनमा परेको थिए आजकै दिन नेपाल सरकारले  नेपालमा जलन अस्पताल बनाउने  निर्णय गरेको थियो  ।  धेरै पटक तीन महिना अस्पताल बसेर नेपाल आइसकेपछि धेरै पटक प्रधानमन्त्रीज्युहरु, मन्त्रीज्युहरु सबैसँग यसको विषयमा लामो छलफल भयो तर कसैलाई पनि यतातिर ध्यान गएन ।’

    साथै उनले सानदार मःम मा ग्यास विष्फोटन भइ ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गरे ।

  • सम्बन्धित विषय:

  • # चन्द्र भण्डारी

  • तेस्रो आँखा
    लेखकबाट थप