जबराकाे प्रश्न : धर्मान्तरका लागि अमेरिकाबाट १४ अर्ब आएको कुरा के हो ?

जबराकाे प्रश्न : धर्मान्तरका लागि अमेरिकाबाट १४ अर्ब आएको कुरा के हो ?


  • 3.1K
    SHARES
    • फाल्गुण ४, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 4.7K Views

    जबराकाे प्रश्न : धर्मान्तरका लागि अमेरिकाबाट १४ अर्ब आएको कुरा के हो ?

    काठमाडौं । प्रतिनिधि सभा सदस्य डा‍‍. धवलशम्शेर जबराले धर्मान्तरका लागि नेपालमा अमेरिकाबाट १४ अर्ब आएको कुरा के हो भनेर प्रश्न गरेका छन् ।

    images

    राप्रपाका महामन्त्री समेत रहेका जबराले आइतबार प्रतिनिधिसभामा यसबारे सत्य के हो भनेर विषय उठाएका हुन् ।

    ‘भारतको प्रतिनिधिसभामा जोडदार कुरा उठेको छ– अमेरिकाबाट सय मिलियन अर्थात, १४ अर्ब रुपैयाँ नेपालमा धर्मान्तरका लागि प्रयोग भएको छ,’ जबराले भने । यस्तो प्रयोग पूर्वप्रधानमन्त्री मनमोहन सिंहको पालामा भएको भन्ने आएको जबराले स्मरण गरे । यो विषयमा वर्तमान सरकारले चासो नदेखाएको भनेर उनले प्रश्न गरे ।

    उनले यो विषयमा छानबिनकाे माग समेत गरे । ‘यो कुरामा सरकारले चासो देखाएको छैन । हामी किन बोलिरहेका छैनौं ?,’ जबराको प्रश्न गर्दै भने यो विषयमा नेपाल सरकारले अमेरिकी सरकारलाई कुटनीतिक नोट पठाएर जानकारी लिनुपर्ने ।

    साथै अमेरिकी सरकारको जवाफ आएपछि सदनमा पेस गर्न आग्रह गरे ।

  • सम्बन्धित विषय:

  • # धवल शम्सेर जबरा

  • तेस्रो आँखा
    लेखकबाट थप