• ट्रेण्डिङ्ग :
सुदूरपश्चिममा वर्षा, पाँचवटा प्रदेशमा हिमपातको सम्भावना

सुदूरपश्चिममा वर्षा, पाँचवटा प्रदेशमा हिमपातको सम्भावना


  • 1.5K
    SHARES
    • फाल्गुण ५, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 2.3K Views

    सुदूरपश्चिममा वर्षा, पाँचवटा प्रदेशमा हिमपातको सम्भावना

    काठमाडौं, ५ फागुन । देशका केही स्थानमा आज वर्षा र हिमपातको सम्भावना छ । पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहँदा वर्षा र हिमपातको सम्भावना रहेको हो ।

    images

    जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ ।

    तराईका थोरै स्थानमा हल्का हुस्सु लागेको छ ।

    विभागले सातवटै प्रदेशका आंशिक बदली रहने जनाएको छ । पाँचवटा प्रदेशमा हिमपातको सम्भावना छ । मधेस र लुम्बिनीबाहेकका पाँचवटा प्रदेशमा हिमपातको सम्भावना रहेको हो ।

    विभागका अनुसार उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ । भारी हिमपातको भने सम्भावना छैन ।

    सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ । राति भने यो प्रदेशमा बदलीमात्र हुनेछ ।

     


    तेस्रो आँखा