अर्थमन्त्री पौडेल डिस्चार्ज

अर्थमन्त्री पौडेल डिस्चार्ज


  • 3.7K
    SHARES
    • फाल्गुण ५, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 5.7K Views

    अर्थमन्त्री पौडेल डिस्चार्ज

    काठमाडौँ, फागुन ५ । कीर्तिपुर अस्पतालमा उपचाररत उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल डिस्चार्ज हुनु भएको छ ।

    images

    पोखरा भ्रमण वर्षको उद्घाटन गर्ने क्रममा आगोको लप्का लागेर उपप्रधानमन्त्री पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य घाइते हुनुभएको थियो ।

    उपचाररत अर्थमन्त्री पौडेलको स्वास्थ्य अवस्था सामान्य बन्दै गएकाले अस्पतालले डिस्चार्ज गरेको अस्पतालका मेडिकल डाइरेक्टर डा।निजीमा ताम्राकारले जानकारी दिनुभयो ।

    अर्थमन्त्री पौडेल र पोखरा महानगरपालिकाका प्रमुख आचार्यका जलनको घाउ निको हुँदै गएको र फोक्सोमा कुनै खराब नगरेको डाइरेक्टर ताम्राकारको भनाइ छ ।

    डा।ताम्राकारका अनुसार प्रमुख आचार्यको पहिलेदेखि नै उच्च रक्तचापको समस्या भएका कारण हृदयरोग विशेषज्ञसँग परामर्श भइरहेकाले केही दिन थप उपचार गरिने भएको छ ।


    तेस्रो आँखा