राजासँग मिल्ने हस्ताक्षर गरेका प्रचण्डले लोकतन्त्रको दुहाई दिन मिल्दैन–ओली

राजासँग मिल्ने हस्ताक्षर गरेका प्रचण्डले लोकतन्त्रको दुहाई दिन मिल्दैन–ओली


  • 3.0K
    SHARES
    • फाल्गुण ५, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 4.6K Views

    राजासँग मिल्ने हस्ताक्षर गरेका प्रचण्डले लोकतन्त्रको दुहाई दिन मिल्दैन–ओली

    घोराही । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजा ज्ञानेन्द्रसँग मिल्ने हस्ताक्षर गरेका प्रचण्डले लाकतन्त्रको दुहाई दिन नमिल्ने बताएका छन् ।
    नेकपा एमाले दाङले आज (सोमबार) घोराहीमा गरेको जनसभालाई सम्बोधन गर्दै ओलीले प्रचण्डले आफूलाई लोकतन्त्र मास्न खोजेको आरोप लगाएकोमा आक्रोस पाखेका हुन् । प्रचण्डले २०६० सालमा राजा ज्ञानेन्द्रसँग देशमा राजा रहीरहने सरकार प्रचण्डले चलाउने भनेर हस्ताक्षर गरेको ओलीको भनाई छ । ‘राजासँग मिल्ने हस्ताक्षर गर्नेले उल्टै हामीलाई लोकतन्त्र मास्न लागेको आरोप लगाउने ?’ ओलीले भने ‘लोकतन्त्र हामीले ल्याएको हो, हामीले बचाउछौं ।’ नेकपा एमाले र काँग्रेस मिलेर लाकतन्त्र ल्याएको र अहिले पनि यि दुई दल मिलेर लोकतन्त्र बचाउने पनि ओलीको भनाई छ । अध्यादेश देशमा छिटो विकास गर्नको लागि ल्याइएको र त्यसको समय आएपछि संसद्बाट पास हुने पनि उनले बताए । ‘अध्यादेश संसद्मा पेश गर्ने अझै समय बाँकी भएको र अध्यादेशबाट आएका कानुन कार्यान्वयमा गएको छ’ ओलीले भने ।
    प्रचण्डले सरकार ढल्छ भन्ने थेगो नै बनाएको भन्दै ओलीले अबको तीन वर्ष सरकार नढल्ने पनि दोहोराए ।

    images