शंकर पोखरेललाई हराएर दङ्गालीले गल्ती गर्नुभयो– प्रधानमन्त्री ओली

शंकर पोखरेललाई हराएर दङ्गालीले गल्ती गर्नुभयो– प्रधानमन्त्री ओली


  • 4.5K
    SHARES
    • फाल्गुण ५, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 6.9K Views

    शंकर पोखरेललाई हराएर दङ्गालीले गल्ती गर्नुभयो– प्रधानमन्त्री ओली

    घोराही । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दङ्गाली जनताले शंकर पोखरेललाई हराएर गल्ती गरेको बताएका छन् ।
    नेकपा एमाले दाङले आज (सोमबार) घोराहीमा गरेको जनसभालाई सम्बोधन गर्दै ओलीले शंकर पोखरेलले चुनाव जितेको भए दाङको विकास गर्न अझ सजिलो हुने बताएका हुन् । ‘तपाईहरुलाई म एउटा प्रश्न गर्न चाहन्छु’ ओलीले भने ‘शंकर पोखरेललाई किन हराउनुभएको, यत्तिको सक्रियता जनाएको भए चुनाव जितीन्थ्यो ।’ शंकर पोखरेलले चुनाव जितेको भएर आफूलाई पनि देश विकास गर्न अझ सजिलो हुने पनि ओलीको भनाई थियो । साथै अब मिसन ८४ मा लाग्न पनि ओलीले निर्देशन दिए ।
    प्रचण्डले जनाता झुक्याउने काम गरिरहेकाले अब त्यसमा कोहि पनि नलाग्ने पनि ओलीको भनाई छ । केहि समयअघि दाङ आएका प्रचण्डले एयरपोर्ट आजै बनाइदिन्छु जसरी भाषण गरेको भन्दै ओलीले त्यस्ता भ्रम आफूले नबाड्ने बताए । बरु आगामी बजेटमा दाङको एयरपोर्टलाई प्राथमिकता दिने पनि प्रधानमन्त्री ओलीले प्रतिवद्धता जनाउनुभयो ।

    images

  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री ओली

  • तेस्रो आँखा
    लेखकबाट थप