एमसीसी परियोजना ९० दिनलाई स्थगित

एमसीसी परियोजना ९० दिनलाई स्थगित


  • 2.5K
    SHARES
    • फाल्गुण ६, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 3.9K Views

    एमसीसी परियोजना ९० दिनलाई स्थगित

    काठमाडौं। नेपालमा सञ्चालित मिलेनियम च्यालेन्स कर्पाेरेशन(एमसीसी) अन्तर्गतका परियोजनाहरू स्थगित भएका छन् । एमसीसीले अर्थ मन्त्रालयलाई पत्राचार गरी ९० दिनका लागि परियोजना स्थगित भएको जानकारी गराएको हो।

    images

    अर्थ मन्त्रालयले मंगलबार प्रेस बिज्ञप्ति निकालेर एमसिसी परियाेजनाबाट भुक्तानी स्थगन गरिएका कारण सबै कामहरू रोकिएको जानकारी दिएकाे छ। एमसीसीमार्फत नेपालमा प्रसारण लाइन र सडक निर्माणका कामहरु सुरु भएका थिए। 

    ‘कम्प्याक्टअन्तर्गत कार्यान्वयन भइरहेका आयोजनाहरुसँग सम्बन्धित एमसिसी फण्डबाट भुक्तानी हुने कृयाकलापहरु अमेरिकी राष्ट्रपतिको जनवरी २० मा जारी ९० दिनको स्थगनसम्बन्धी कार्यकारी आदेशानुसार रोकिएको व्यहोरा सरोकारवालाहरुलाई जानकारी गराइन्छ,’ मन्त्रालयले विज्ञप्तिमा भनेको छ।

     


    तेस्रो आँखा
    लेखकबाट थप