एकीकृत समाजवादीले निर्वाचनमा गठबन्धन गर्ने बारे संवाद गर्न छुट्टै संयन्त्र बनाउने

एकीकृत समाजवादीले निर्वाचनमा गठबन्धन गर्ने बारे संवाद गर्न छुट्टै संयन्त्र बनाउने


  • 8.5K
    SHARES
    • चैत्र १, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 13.0K Views

    एकीकृत समाजवादीले  निर्वाचनमा गठबन्धन गर्ने बारे संवाद गर्न छुट्टै संयन्त्र बनाउने

    काठमाडाैं,१ चैत्र ।  नेकपा (एकीकृत समाजवादी) ले स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने बारे संवाद गर्न छुट्टै संयन्त्र बनाउने भएको छ । पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सचिवालय बैठकबाट संयन्त्र बनाइने जानाकारी दिए । सचिवालय बैठकको मिति भने टुंगो लाग्न बाँकी छ ।

    images

    दुई दिनभित्र बैठक बस्ने तयारी भइरहेको खतिवडाले बताए । स्थानीय निर्वाचनमा एकीकृत समाजवादी गठबन्धन बनाएर जानुपर्ने पक्षमा छ । गठबन्धन बनाएर निर्वाचनमा जानुपर्नेमा सत्तारूढ अर्को दल नेकपा ९माओवादी केन्द्र०को पनि जोड छ ।

    नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धनबारे सकारात्मक छन् । गठबन्धनविरुद्धमा उभिएका पार्टीका केही पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई जथाभावी नबोल्न देउवाले निर्देशनसमेत दिइसकेका छन् ।

    तर, गठबन्धनले स्थानीय निर्वाचनमा निरन्तरता पाउँछ भन्ने निश्चित छैन । कांग्रेस नेतृत्वमा रहेको वर्तमान पाँच दलीय गठबन्धन ८ जेठमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रोपटक संसद् विघटन गरेपछि बनेको हो । गठबन्धन बनाउन अधिक जोडबल गर्ने नेताहरू माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल हुन् । 

     

  • सम्बन्धित विषय:

  • # नेकपा समाजवादी

  • तेस्रो आँखा
    लेखकबाट थप