नेपाल इन्डो अस्पताल बन्द गर्न मुख्यमन्त्रीको निर्देशन

नेपाल इन्डो अस्पताल बन्द गर्न मुख्यमन्त्रीको निर्देशन


  • 2.6K
    SHARES
    • फाल्गुण ८, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 4.0K Views

    नेपाल इन्डो अस्पताल बन्द गर्न मुख्यमन्त्रीको निर्देशन

    वीरगन्ज, फागुन ८ । मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले वीरगन्जका निजी अस्पतालहरूको बुधबार अनुगमन गर्नुभएको छ । मुख्यमन्त्री सिंह र प्रदेश सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अधिकारी सन्तोषकुमार ठाकुरसहितको टोलीले यहाँका अस्पतालहरूको निरीक्षण गरेको हो ।

    images

    अनुमति नलिई सञ्चालन गरिरहेको पाइएपछि अनुगमन टोलीले वीरगन्जको प्रतिमा चोकमा रहेको इन्डो नेपाल हस्पिटललाई बन्द गर्न निर्देशन दिएको छ । अनुगमनको क्रममा उक्त अस्पताल अनुमति नलिई सञ्चालन गरिरहेको पाइएपछि तत्कालै बिरामीलाई अन्यत्र स्थानान्तरण गरी पूर्ण रूपमा बन्द गर्न अनुगमन टोलीले आदेश दिएको हो । 

    अनुगमन टोलीले भवानी अस्पताल, प्रभु अस्पताल, आशाराम अस्पताल, सर्वोत्तम अस्पताल, इन्डो नेपाल अस्पताल, स्पर्श मल्टिस्पेसियालिटी अस्पतालको निरीक्षण गरेको थियो । सबैभन्दा पहिले भवानी अस्पतालको निरीक्षण गरी अस्पतालबाट निस्किने फोहोरको व्यवस्थापन प्रभावकारी बनाउन निर्देशनसमेत दिएको थियो । 


    तेस्रो आँखा