• ट्रेण्डिङ्ग :
संविधानसभा सदस्य विदुर सापकोटाको निधन

संविधानसभा सदस्य विदुर सापकोटाको निधन


  • 3.5K
    SHARES
    • फाल्गुण ८, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 5.4K Views

    संविधानसभा सदस्य विदुर सापकोटाको निधन

    काठमाडौं, ८ फागुन । संविधानसभा सदस्य एवं नेकपा (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य विदुर सापकोटाको निधन भएको छ । 

    images

    काभ्रेको मण्डनदेउपुर नगरपालिका–७ नौबिसे निवासी ५९ वर्षीय सापकोटाको काठमाडौंको चाबहिलस्थित हेल्पिङ ह्याण्डस् सामुदायिक अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको हो । यही फागुन ४ गते उनी उपचारार्थ उक्त अस्पतालमा भर्ना भएका थिए ।

    उनी लामो समयदेखि उच्च रक्तचाप र मधुमेयबाट पीडित थिए ।  यसैगरी केन्द्रीय कमिटीको आज बिहीबारका लागि तय भएको बैठक स्थगित भएको छ ।
    पार्टी पोलिटब्युरो सदस्य तथा बागमती प्रदेश सह इन्चार्ज सापकोटाको निधन भएकाले बैठक शुक्रबार बस्नेगरी स्थगित गरिएको छ ।

     


    तेस्रो आँखा