• ट्रेण्डिङ्ग :
देशभर मौसमी प्रणालीको प्रभाव : यी प्रदेशमा वर्षाको सम्भावना

देशभर मौसमी प्रणालीको प्रभाव : यी प्रदेशमा वर्षाको सम्भावना


  • 1.6K
    SHARES
    • फाल्गुण ९, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 2.5K Views

    देशभर मौसमी प्रणालीको प्रभाव : यी प्रदेशमा वर्षाको सम्भावना

    काठमाडौं, ९ फागुन । देशका केही भूभागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले वर्षा र हिमपातको सम्भावना रहेको हो ।

    images

     

    जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । दिउँसो पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहनेछ ।

    सुदूरपश्चिम, कर्णाली, गण्डकी, वाग्मती र कोसी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा तथा बाँकी उच्च पहाडी तथा हिमाली क्षेत्रका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

    काठमाडौंमा पनि छिटपुट वर्षाको सम्भावना छ । आज रातिसम्म पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव सामान्य रहने छ ।


    तेस्रो आँखा