काठमाडौं, ९ फागुन । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आफूलाई नेपाली भएर बाँच्ने आधार दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गर्नुभएको छ।
शुक्रबार बिहान फेसबुकमा स्टाटस लेख्दै उनले भारत, अमेरिका र चीनले हेपेको भन्दै आफूलाई मेयर हो भन्ने बिर्सेर नेपाली भएर बाँच्ने आधार दिन उनले आग्रह गर्नुभएके हो।
‘प्यारो प्रधानमम्त्रीज्यू, अमेरिकाले corrupt (भ्रष्ट) भनिसक्यो, ईन्डियाले भिकारी भनिसक्यो र चीनले मान्छे गन्दैन, मलाई मेयर हो भनेर बिर्सिनुस्, नेपाली भएर बाँच्ने आधार त दिनुस् रु’उहाँले लेख्नुभएको छ ।
यसअघि गएराति नै उहाँले स्टाटस लेख्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति कटाक्ष गर्नुभएको थियो ।
