• ट्रेण्डिङ्ग :
निजामति विधेयकबारे छलफल गर्न ११ सदस्यीय उपसमिति गठन

निजामति विधेयकबारे छलफल गर्न ११ सदस्यीय उपसमिति गठन


  • 2.2K
    SHARES
    • फाल्गुण ९, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 3.4K Views

    निजामति विधेयकबारे छलफल गर्न ११ सदस्यीय उपसमिति गठन

    काठमाडौं, फागुन ९ । निजामति सेवा विधेयकमाथि छलफल गरी छिटो टुङ्गो लगाउन भन्दै उपसमिति गठन भएको छ ।

    images

    शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले निजामति सेवा विधेयकमाथि छलफल गर्न भन्दै नेपाली कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूको संयोजकत्वमा उपसमिति गठन गरेको हो । ११ सदस्यीय उपसमितिलाई १ महिनाभित्र विधेयक निजामति सेवा विधेयकबारे छलफल गरी समितिमा प्रतिवेदन पेश गर्न समय दिइएको छ ।

    समिति सभापति रामहरि खतिवडाले उपसमितिमा अशोक राई, ईश्वरीदेवी न्यौपाने, चन्दा कार्की, दिलेन्द्रप्रसाद बडू, प्रकाश अधिकारी, बुद्धिमान तामाङ, रघुजी पन्त, राजेन्द्रप्रसाद पाण्डे, लिलानाथ श्रेष्ठ, सर्वेन्द्रनाथ शुक्ला र हितराज पाण्डे रहनुभएको बताउनु भयो । 

    उहाँले उपसमितिले विधेयकमाथि छलफल गरी छिटोभन्दा छिटो टुङ्ग्याउन आग्रह गर्नुभयो ।


    तेस्रो आँखा