• ट्रेण्डिङ्ग :
स्थानीय कलाकारलाई अवसर दिलाउन पुर्व मुख्यमन्त्री चाैधरीकाे आग्रह

स्थानीय कलाकारलाई अवसर दिलाउन पुर्व मुख्यमन्त्री चाैधरीकाे आग्रह


  • 2.4K
    SHARES
    • फाल्गुण १०, २०८१ शनिबार
    • १ बर्ष अघि
    • 3.6K Views

    स्थानीय कलाकारलाई अवसर दिलाउन पुर्व मुख्यमन्त्री चाैधरीकाे आग्रह

    तुलसीपुर, १० फागुन । लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री डिल्ली बहादुर चाैधरीले स्थानीय कलाकारलाई अवसर दिनकाे लागि चलचित्र पत्रकार नेपाललाई आग्रह गर्नुभएको छ । नेपाल चलचित्र पत्रकार नेपाल दाङ शाखाकाे १६ औं बार्षिक साधारणसभा कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले स्थानीय कलाकारलाई चलचित्र क्षेत्रमा सहभागी गराउने आग्रह गर्नुभएकाे हाे । 

    images


    पुर्वमुख्यमन्त्री चाैधरीले चलचित्र क्षेत्रमा आवश्यक परेमा सरकारकाे तर्फबाट सहयोग गर्ने प्रतिबद्धता राख्नुभएको हाे । उहाँले चलचित्र क्षेत्रबाट समाजलाई सभ्य, सरलता र समानताका नयाँ ज्याेति छर्ने काम गर्ने बताउनुभयो ।

    1740235957539.jpg
    undefined

    नेपालमा चलचित्रलाई तीन तरिकाबाट हेर्ने गरेको उहाँले  जानकारी दिनुभयो । नेपालमा चलचित्र क्षेत्रकाे आफ्नै महत्त्व रहेको उहाँको भनाइ छ । `स्थानीय महाेत्सवमा स्थानीय भन्दा बाहिरबाट कलाकार ल्याउने प्रवृत्ति छ´ उहाँले भन्नुभयो, ` स्थानीय कलाकारलाई उच्चस्तरीय क्षेत्रमा पुर्‍याउने भुमिका नेपाल पत्रकार चलचित्रमा रहन्छ ।´ दाङ जिल्लामा चलचित्रकाे सुटिङ गर्ने वातावरण सृजना गर्नका लागि यहाँ क्षेत्रहरुलाई आकर्षण बनाउनु पर्नेमा उहाँले जाेड दिनुभयो ।
    `दाङमा कस्ता खालका आकर्षकमुल्क क्षेत्र निर्माण गरेमा यहाँ हामी पर्यटक भित्र्याउन सकिन्छ भन्ने कुराकाे कार्ययोजना चलचित्र पत्रकारले बनाउनपर्छ´ । उहाँले भन्नुभयो । साना साना जातहरुकाे चलचित्रले इतिहास रचने गरि हव भएका हुन्छन् । दाङ जिल्लालाई चिनाउनका लागि पत्रकारहरुले कलम चलाउन चाैधरीले आग्रह गर्नुभएको छ । 
    उक्त कार्यक्रमका विशिष्ट अतिथि एवं नेपाल पत्रकार महासंघका केन्द्रीय निवर्तमान अध्यक्ष बिपुल पाेख्रेलले चलचित्र पत्रकारले समाजलाई सक्रिय बनाउने उदेश्य रहेको बताउनुभयो । संस्था भएपछि नेतृत्व विकास गर्न सहयोग पुर्‍याउने उहाँले जानकारी दिनुभयो । व्यवसायीक पत्रकार रमाइलो मात्र नभई एउटा समाजलाई नेतृत्व दायि बनाइ अगाडि बढाउन भुमिका खेल्ने उहाँको भनाइ छ । तत्कालीन समाजिक प्ररिवेस र अवस्थालाई अनुभुति बनाउनछ । 1740236079669.jpg
    राष्ट्रिय समाचार समिति (रासस) दाङ प्रमुख नारायणी रजाैरे, जनजाति महासंघ दाङका अध्यक्ष दिप्तिशिखा चाैधरी, जनपत्रकार संगठन दाङका अध्यक्ष हेमन्त प्रकाश वलि , प्रेस सेन्टर दाङका सचिव दिपक बाेहरा, नेपाल प्रेस चाैतरी दाङका अध्यक्ष सुधासुमन ढकाल, नेपाल प्रेस युनियन दाङका अध्यक्ष नारायण खड्का, उद्योग वाणिज्य संघ तुलसीपुरका सदस्य बिमल गाैतम, मेट्राे कलेज प्रआचार्य वसन्त आचार्य, चलचित्र पत्रकार लुम्बिनी प्रदेशका संयाजक शिव पुम्जा, रिपोर्टर्स क्लब दाङका अध्यक्ष शरद रेग्मी, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी, केन्द्रीय सदस्य लिला शाहले समाज सुधारमा चलचित्र पत्रकारले महत्त्वपूर्ण याेगदान पुर्याउनु हाे । 

    चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाको १६ औं बार्षिक साधारणसभा कार्यक्रम सम्पन्न भएको छ । चलचित्र पत्रकार नेपाल दाङ शाखाका अध्यक्ष सन्तोष केसीकाे अध्यक्षतामा कार्यक्रम भएको हाे । साथै बार्षिक साधारणसभाकाे अवसरमा पत्रकारकाे क्षेत्रमा रहि  विभिन्न कुराहरुकाे अलुलनिय याेगदान पुर्‍याउने पत्रकारलाई समान तथा पुरस्कार प्रदान गरेको थियोे ।


    चलचित्र पत्रकार नेपाल दाङ शाखाका उपाध्यक्ष पुर्ण केसी मुस्कानकाे स्वागत मन्तवयबाट सुरु भएको कार्यक्रमकाे सहजिकरण चलचित्र पत्रकार दाङका सचिव निरला आर्यालले गर्नुभएको थियोे ।


    तेस्रो आँखा