वाट्सएपमार्फत २९ लाख ठगी गर्ने व्यक्ति पक्राउ

वाट्सएपमार्फत २९ लाख ठगी गर्ने व्यक्ति पक्राउ


  • 5.9K
    SHARES
    • चैत्र १, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 9.1K Views

    वाट्सएपमार्फत २९ लाख ठगी गर्ने व्यक्ति पक्राउ

    काठमाडौं, १ चैत। सामाजिक सञ्जाल वाट्सएपमार्फत २९ लाख ४० हजार रूपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। 

    images

    पक्राउ पर्नेमा भक्तपुर ठिमी बस्ने काभ्रेपलाञ्चोक मन्डनदेउपुर गाउँपालिका– ४ घर भएका ३८ वर्षीय गान्दिप गौतम छन्। उनलाई सोमबार प्रहरीले पक्राउ गरेको हो। 

    वाट्सएप मार्फत पार्सल र चिठ्ठा परेको रकम पाउनको लागि ट्याक्स रकम तिर्नुपर्छ भनी उनले विभिन्न व्यक्तिबाट रकम ठगी गरेको प्रहरीले जनाएको छ। 

    महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले गौतमलाई पक्राउ गरेको हो। उनीलाई ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ।

     


    तेस्रो आँखा