• ट्रेण्डिङ्ग :
डिजिटल कारोबार निःशुल्क बनाउन सांसद डाँगीको माग

डिजिटल कारोबार निःशुल्क बनाउन सांसद डाँगीको माग


  • 2.7K
    SHARES
    • फाल्गुण १२, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 4.1K Views

    डिजिटल कारोबार निःशुल्क बनाउन सांसद डाँगीको माग

    काठमाडौं, १२ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले डिजिटल कारोबार निःशुल्क बनाउनुपर्ने माग राख्नु भएको छ । 

    images

    प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले समेत ६ महिना अगाडि सामाजिक सञ्जालमा डिजिटल कारोबारमा लाग्ने शुल्क हटाउने र यसलाई निःशुल्क बनाउने योजना अघि बढाइएको भएपनि हालसम्म कुनै काम अघि नबढाउँदा जनताको विश्वास तोड्ने काम भइरहेको बताउनु भएको हो ।

    उहाँले भन्नुभयो , ‘केही दिन अगाडि निशुल्क डिजिटल कारोबार माग राख्दै सदनमा बोलेको  थिएँ । अर्थमन्त्रीज्यूलाई पत्र समेत बुझाएको थिए । सम्माननीय प्रधानमन्त्रीज्यूले पनि ६ महिना अगाडि सामाजिक सञ्जालमा डिजिटल कारोबारमा लाग्ने शुल्क हटाउने र यसलाई निःशुल्क बनाउने योजना अघि बढाइएको छ भन्नुभएको थियो । तर हालसम्म कुनै काम अघि बढाइएको छैन् । सरकारले यसरी बारम्बार वचन दिने र काम नगर्ने हो भने जनताको विश्वास तोड्ने काममात्रै गर्छ । त्यसैले म यो  संसद मार्फत सरकारलाई  छिटो  भन्दा छिटो डिजिटल कारोबार  निशुल्क बनाउन आवश्यक कदम चाल्न अनुरोध गर्न चाहन्छु ।’

    साथै उहाँले छिटो भन्दा छिटो डिजिटल कारोबार निःशुल्क नबनाउन सरकारको  ध्यानाकर्षण गराउनुभयो ।  


    तेस्रो आँखा