• ट्रेण्डिङ्ग :
धादिङमा ट्याङ्कर दुर्घटना हुँदा दुईको मृत्यु, दुई जना घाइते

धादिङमा ट्याङ्कर दुर्घटना हुँदा दुईको मृत्यु, दुई जना घाइते


  • 7.6K
    SHARES
    • फाल्गुण १४, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 11.7K Views

    धादिङमा ट्याङ्कर दुर्घटना हुँदा दुईको मृत्यु, दुई जना घाइते

    धादिङ, फागुन १४ । धादिङको गुप्तेस्वरमा गए राति भएको सवारी  दुर्घटनामा  २ जनाको मृत्यु भएको छ अन्य २ जना घाइते भएका छन् । 

    images

    धादिङको प्रसिद्ध  गुप्तेस्वर महादेवको गुफा नजिकै नीलकण्ठ नगरपालिका वडा नम्बर ६ को भिरबाट  बा ०१– ००४ क ३३५२ नम्बरको पानी बोकेको ट्याङ्कर  खसेको हो ।  राति करिब ११ तीस बजे दुर्घटना भएको स्थानीयले बताएका छन् । दुर्घटनामा २ जनाको मृत्यु भएको छ । दुर्घटना भएको खबर पाए सङ्गै सदरमुकाम धादिङबेसी बाट गएका सोसल भोलेन्टियरको टोलीले घाइतेहरूको उद्धार गरी जिल्ला सदरमुकाम धादिङबेसी स्थित धादिङ अस्पतालमा पठाएको बताएका छन् । ट्याङ्कर अप्ठ्यारो भिरमा खसेको र भिरमा अड्किएको शव निकाली पोष्टमाटमको लागि गजुरी पठाउने तयारी गरेको उद्धारकर्मी नारायण कुमार श्रेष्ठले जानकारी दिनु भयो । 

    मृतकहरूको सनाखत हुन बाकी रहेको छ ।   दुर्घटनाका विषयमा थप अनुसन्धान भई रहेको धादिङ प्रहरीले जनाएको छ । सवारी चालक भने सकुशल छन् । फर्काउन पछाडि हटाउने क्रममा दुर्घटना भएको र आफू हामफालेर बाचेको बताएका चालकलाई प्रहरीले नियन्त्रणमा राखेको छ । दुर्घटनाका  घाइतेहरूको अवस्था मध्यम रहेको छ ।


    तेस्रो आँखा