• ट्रेण्डिङ्ग :
केबलकार विवादः वार्ताको आह्वान गर्न रास्वपा ताप्लेजुङको आग्रह

केबलकार विवादः वार्ताको आह्वान गर्न रास्वपा ताप्लेजुङको आग्रह


  • 14.0K
    SHARES
    • फाल्गुण १६, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 21.6K Views

    केबलकार विवादः वार्ताको आह्वान गर्न रास्वपा ताप्लेजुङको आग्रह

    फुङ्लिङ, फागुन १६ । ताप्लेजुङमा  निर्माणाधीन केबलकारको विषयमा उत्पन्न समस्यालाई निर्माण कम्पनी नै अग्रणी भूमिकामा वार्ताद्वारा समस्याको समाधान गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङले आग्रह गरेको छ। शुक्रबार विज्ञप्ति जारी गर्दै रास्वपा ताप्लेजुङले उक्त आग्रह गरेको हो।     

    images

    प्राकृतिक सुन्दरताले भरिपूर्ण जिल्ला पछिल्लो समय केबलकार विषयले अशान्त बनेको भन्दै तत्काल सरकारको रोहबरमा  विशेषत केबलकार निर्माण कम्पनी अग्रसरता लिएर वार्ता गर्नुपर्ने रास्वपाको विज्ञप्तिमा उल्लेख छ। 

    सङ्कटकालमा सञ्चालित परियोजनामा समेत सुरक्षा नराखी आयोजना बनाइएको दृष्टान्तलाई अनुसरण गर्दै तत्काल निर्माणको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई फिर्ता गराउन रास्वपा जिल्ला सभापति वीरेन्द्र श्रेष्ठले  विज्ञप्तिमार्फत माग गर्नुभएको हो।

    त्यस्तै विभिन्न चरणमा भएका आन्दोलनको दौरानमा थुनामा परेकालाई रिहा गर्न, वातावरण सन्तुलित बनाइराख्न धरपकड बन्द गर्न, निर्माण कार्य तत्काल स्थगित गरेर समाधान निकाल्न आग्रह गरिएको छ। 


    तेस्रो आँखा