दाङ , १७ फागुन । तुलसीपुरमा जारी महोत्सव दुई थप गरिएको छ । तुलसीपुर चेम्बर अफ कमर्शको आयोजनामा फागुन १ गतेदेखि सञ्चालन भएको महोत्सव दुई दिन थप गरेको छ ।
महोत्सव १६ सकिने तालिका रहेपनि दर्शकहरुको माग बढेपछि थप गरीएको आयोजक संस्थाले जनाएको छ । तुलसीपुर महोत्सवले व्यवसाय प्रवर्द्धनसँगै सांस्कृतिक कार्यक्रममार्फत स्थानीय समुदायलाई मनोरञ्जन प्रदान गरिरहेको छ ।
महोत्सवमा कृषि, व्यापार तथा घरेलु उद्योगका सामग्रीहरूको प्रदर्शनी तथा बालबालिकाका लागि विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरू पनि भइरहेको महोत्सव मूल आयोजक समितिका संयोजक ऋषिराज भण्डारीले बताउनु भएको हाे। महोत्सवले कृषि, व्यापार तथा पर्यटन प्रवर्द्धनमा समेत महत्वपूर्ण भूमिका खेलेको उहाँले बताउनुभयाृ ।
त्यस्तै महोत्सवका साँस्कृतिक संयोजक सन्तोष खड्काले लोकप्रिय तथा चर्चित कलाकारहरुको प्रस्तुतिले महोत्सवमा ठूलो संख्यामा दर्शकहरुको उपस्थिति हुने गरेको बताउनु भएको छ ।
