• ट्रेण्डिङ्ग :
होटेलमा मदिरा सेवन गर्दै गर्दा पुरुषको मृत्यु

होटेलमा मदिरा सेवन गर्दै गर्दा पुरुषको मृत्यु


  • 10.9K
    SHARES
    • फाल्गुण १८, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 16.7K Views

    होटेलमा मदिरा सेवन गर्दै गर्दा पुरुषको मृत्यु

    रोल्पा, १८ फाल्गुन । रोल्पाको सुनिलस्मृति गाउँपालिका ४ सुलिचौर बजारमा अवस्थित एक होटेलमा एक पुरुषको मृत भएको छ।

    images

    सुलिचौर स्थित थकाली होटल एण्ड लज मा उक्त घटना घटेको हो । मृत्यु हुने व्यक्ति लुङ्ग्री गाँउपालिका-६ उपल्लो गुम्चाल बस्ने बर्ष ३३ को रोम बहादुर बुढाथोकी रहेको प्रहरी निरीक्षक अरुण तामाङले जानकारी दिनुभयो । घटना  बेलुकी साढे ५ बजेको समयमा घटेको थियो। 

    मृत्यु हुने व्यक्तिले उक्त होटेलमा मादक पदार्थ माग (अडर)  गरी सेवन गरेको र संचालिका ब्यस्त रहेकोमा केहि समय पश्चात हेर्दा निज आफु बसेको कुर्सिबाट भुईमा ढलेको अबस्थामा देखे पछि उठाउन खोज्दा नउठे पछि प्रहरीलाई खबर गरेको होटेल व्यावसायिले बताएका छन् । 

    घटनाको बारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।


    तेस्रो आँखा