सप्तरीमा बाघको आक्रमणबाट दुई जना घाइते

सप्तरीमा बाघको आक्रमणबाट दुई जना घाइते


  • 2.3K
    SHARES
    • फाल्गुण १९, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 3.5K Views

    सप्तरीमा बाघको आक्रमणबाट दुई जना घाइते

    सप्तरी, फागुन १९ । सप्तरीको सप्तकोसी नगरपालिका १ मा सोमबार बिहानै आएको पाटे बाघले दुई जनालाई घाइते बनाएको छ । स्थानीय गणेश खत्री र कृष्ण विष्टलाई घाइते बनाएको स्थानीय खगेन्द्र कार्कीले जानकारी दिनुभएको छ ।

    images

    घाइते हुनुभएको विष्टलाई उपचारको लागि विराटनगर लगिएको छ भने खत्रीको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ । बिहान साढे ६ बजे फत्तेपुर बजारको रङ्गशालाको गेट छेउमा भएको एक घरको कम्पाउण्मा अचानक बाघ देखिएपछि सप्तकोसीका सर्वसाधारण एकदमै त्रसित बनेका थिए ।

    सप्तकोसीमा आतङ्क मच्चाएको स्थानीय रमानन्द चौधरीले जानकारी दिनुभयो । यस सम्बन्धमा सप्तरीका प्रमुख  जिल्ला अधिकारी भोला दाहालले बाघको नियन्त्रण गर्न कोसी टापु वन्यजन्तु आरक्षणको आरक्षण केन्द्रको टोली आउने जानकारी दिनुभएको छ ।


    तेस्रो आँखा