काठमाडौं, २ चैत । रंगको पर्व होलीको पूर्वसन्ध्यामा नेपाल प्रहरीले सुरक्षा व्यवस्थालाई चुस्त बनाएको छ। महानगरीय प्रहरी वृत्तले रानीपोखरीले होलीमनाउने क्रममा हुनसक्ने सबै खालका गतिविधिलाई नियाल्दै पर्वलाई व्यवस्थित बनाउन आवश्यक सुरक्षा व्यवस्थामा कुनै कमी नहुने बताएका बताएको छ। महानगरीय प्रहरी वृत रानीपोखरीका प्रवक्ता प्रहरी उपरिक्षक सन्तोष सिंह राठौरले होलीमा सुरक्षा व्यवस्थाको दृष्टिकोणले कुनै कमी हुन नदिने बताए।
कार्यालयकाअनुसार काठमाडौं उपत्यकामा तीन हजार पाँच सय भन्दा बढी प्रहरी कर्मचारीको व्यवस्था गरिएको छ। काठमाडौंमा एक हजार सात सय भन्दा माथी, भक्तपुरमा पाँच सय भन्दा बढी र ललितपुरमा छ सय भन्दा बढी प्रहरी परिचालन गरिने राठौरले जानकारी दिए।
यस्तै होलीको लागि ४४ थान मोवाइल भ्यान, ७३ कन्ट्रोल रुम भेइकल, एक सय ७९ क्वीक रेस्पोन्स टिम लगायतको व्यवस्था गरिएको उनले बताए। यी सुरक्षा व्यवस्थाहरु सामान्यभन्दा बाहेक नियमित हुने गस्तीहरुलाई याथावत राखिएको प्रहरीको भनाइ छ। यसैगरी मातहत प्रहरी परिसर तथा चौकीहरुलाई पनि होलीको सुरक्षाको लागि चुस्त राख्न भनिएको पनि राठौरले बताए।
उपत्यकामा होलीमा हुनसक्ने अमर्यादित गतिविधिलाई नियन्त्रण गर्न सादा पोशाकमा एक सय भन्दा बढी सुरक्षाकर्मी खटिने भएका छन्। मापसे गरेर गाडी चलाउने, हेल्मेट नलगाउने लाई ध्यानमा राख्न डीएसपीको कमाण्डमा तीन सय भन्दा बढी सुरक्षाकर्मीको व्यवस्था गरिएको प्रहरी वृत्तको भनाइ छ। हेडक्वाटरबाट समेत लगभग तीन सय सामुदायीक सुरक्षाकर्मी खटाएको वृत्तको भनाइ छ।
होलीमा स्वास्थ्य मापदण्डको पालना गर्न महानगरिय प्रहरी वृत्तको अनुरोध
स्वास्थ्य मापदण्डलाई पालना गर्दै होली मनाउन महानगरिय प्रहरी वृत्तले अनुरोध गरेको छ। कोरोनाको जोखिम अझै भएको हुनाले स्वास्थ्य मापदण्डलाई पालना गर्दै होली मनाउन महानगरिय प्रहरी वृत्तका प्रवक्ता प्ररहरी उपरिक्षक सन्तोष सिंह राठौरले सबैमा अनुरोध गरेको हुन्।
‘विगतका केही वर्षहरुमा कोरोना महामारीको कारणले होली केही सुस्ताएको थियो र भिडभाड कम थियो।’, राठौरले भने ‘यो पटक कोरोना महामारी केही मत्थर भएको कारणले भिडभाड झन् बढ्ने सक्ने सम्भावना रहेको छ तर कोरोना महामारीको जोखिम अझै बाँकी भएको हुनाले स्वास्थ्य मापदण्ड पालना गरेर होली पर्व मनाउन प्रहरी वृत्त सबैमा अनुरोध गर्दछ।’
अघिल्लो वर्षहरुमा कोरोना महामारीको कारणले होली पर्व केही सुस्ताएको थियो। तर यो पटक होलीमा भिडभाड बढ्ने र सुरक्षा व्यवस्थापन गर्न पनि अघिल्लो वर्षको तुलनामा केही कठिनाई हुने राठौरको भनाइ छ।
कसैलाई जवरजस्ती लोला हान्ने, फोहोर पानी छ्याप्ने, इच्छा विपरीत रंग लगाउने र लोला हान्ने, काममा हिंडेकालाई असर पुर्याउने कामले आँखाको दृष्टि गुम्ने, कानमा समस्या आउने लगायतको असरहरु पर्ने भएकाले सो कुरा कसैलाई पनि नगर्न महानगरिय प्रहरी वृत्तले आग्रह गरेको छ। होली पर्वलाई सभ्य र भव्य बनाउने काम गर्न पर्ने उनको भनाइ छ।
पदम भुजेल
