• ट्रेण्डिङ्ग :
जाँचमा भाग नलिएकाले कुलमान फेल भएका हुन् : मन्त्री खड्का

जाँचमा भाग नलिएकाले कुलमान फेल भएका हुन् : मन्त्री खड्का


  • 8.8K
    SHARES
    • फाल्गुण २२, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 13.5K Views

    जाँचमा भाग नलिएकाले कुलमान फेल भएका हुन् : मन्त्री खड्का

    काठमाडौं, २२ फागुन । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कार्यसम्पादनमा शुन्य अंक पाएकोबारे प्रष्टिकरण दिनु भएको छ । 

    images

    उहाँले जाँचमा भाग नै नलिने विद्यार्थीले कति नम्बर पाउँछ भन्दै प्रश्न समेत गर्नुभयो । बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री खड्काले घिसिङले कानुन अनुसार काम नगरेको बताउनुभयो ।

    उहाँले भन्नुभयो‘ विद्यार्थी जाँचमा नै अनुपस्थित भएपछि कति नम्बर पाउँछ, मलाई भनिदिनु प¥यो । कि उहाँ कानुनभन्दा माथि हुनुहुन्छ । उहाँलाई कानुन लाग्दैन भन्नुपर्यो । संविधानमा नै लेखिदिनुप¥यो । हामीले ल्याएको व्यवस्थामा त्यस्तो होइन । सबै नागरिक नेपालको कानुन अन्तर्गत रहनेछन् । काुननको पालना गर्ने जिम्मेवार पदमा हुने नहुने सबैको दायित्व हो । त्यसैले उहाँले शुन्य नम्बर पाउनु भएको हो । उहाँ उपस्थित नै हुनु भएन, टेर्दै टेर्नु भएन, चिन्दै चिन्नु भएन ।’
    कुलमानले उठ्न बाँकी बक्यौता महसुललाई समेत नेपाल विद्युत् प्राधिकरणको नाफा भनेर जोडेको बताउनुभयो ।

    नेपाल विद्युत् प्राधिकरणले सञ्चालन गरेका आयोजनामा कति खर्च भयो भन्ने अभिलेख समेत प्राधिकरणसँग नरहेको उहाँको भनाइ छ । कलमानले बोलेको भरमा विद्युत् प्राधिकरण नाफामा छ भनेर मानिदिन सकिने स्थिति नभएको धारणा राख्नुभयो । 


    तेस्रो आँखा