राष्ट्रपति पौडेलसमक्ष छ मुलुकका राजदूतको ओहोदाको प्रमाणपत्र पेस

राष्ट्रपति पौडेलसमक्ष छ मुलुकका राजदूतको ओहोदाको प्रमाणपत्र पेस


  • 15.1K
    SHARES
    • फाल्गुण २२, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 23.2K Views

    राष्ट्रपति पौडेलसमक्ष छ मुलुकका राजदूतको ओहोदाको प्रमाणपत्र पेस

    काठमाडौँ, फागुन २२ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न छ मुलुकका नवनियुक्त गैरआवासीय राजदूतहरूले ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको छ ।

    images

    राष्ट्रपति भवन शितल निवासमा बिहीबार आयोजित छुट्टाछुट्टै विशेष समारोहमा उहाँहरुले ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । 

    ओहोदाको प्रमाणपत्र पेस गर्नेहरुमा गणतन्त्र निगीका अलसान्स कोन्ट, गणतन्त्र युगाण्डाका ज्योसी काकुरामट्सी किकाफोण्डा, बोस्निया तथा हर्जगोभिनाका ह्यारिस हार्ले, गणतन्त्र ग्वाटेमालाका ओमर लिसान्ड्रो, इटालीका एन्टोनियो इनरिको बार्टोली, ग्रिसका अलिकी कोउटोसोमिटोपोलाउ रहनुभएको छ ।     

    समारोहमा परराष्ट्रमन्त्री डा। आरजु राणा देउवा तथा नेपाल सरकारका उच्चपदस्थ अधिकारी सहभागी हुनुहुन्थ्यो । नवनियुक्त राजदूतलाई काठमाडौँस्थित होटल दुसित प्रिन्सेसदेखि राष्ट्रपति भवनसम्म रिसल्लासहितको बग्गीमा सवार गराइएको थियो ।

  • सम्बन्धित विषय:

  • # राष्ट्रपति पौडेल

  • तेस्रो आँखा